नेपाल इन्स्योरेन्सको ६५% हकप्रद स्वीकृत, चुक्ता पूँजी एक अर्ब पुग्ने

Jan 28, 2019 Merolagani

नेपाल इन्स्योरन्स (NICL) ले धितोपत्र बोर्डबाट चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद बिक्री गर्न अनुमति प्राप्त गरेको छ । हकप्रद जारीसँगै कम्पनीको बीमा समितिले निर्जीबन बीमा कम्पनीहरुलाई तोकेको न्युनतम चुक्ता पूँजी कायम हुने भएको छ।

इन्स्योरेन्सले धितोपत्र बोर्डबाट माघ १३ गते आइतबार चुक्ता पूँजी ६१ करोड ७६ लाख ३९ हजार रुपैयाँको ६५ प्रतिशत अर्थात (१ः०.६५ अनुपातमा) ४० करोड १४ लाख रुपैयाँ बराबरको ४० लाख १४ हजार ६५२ कित्ता हकप्रद शेयरबिक्री गर्न अनुमति पाएको हो । 

इन्स्योरेन्सले हकप्रद निष्काशन गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक यसअघि नै चयन गरिसकेको छ ।

हकप्रद निष्काश पछि कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोकेभन्दा बढी एक अर्ब एक करोड ९१ लाख रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्स्योरेन्सले  ४ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी २९ रुपैयाँ कायम गरकेो छ । धिताेपत्रकाे दाेस्राे बजारमा कम्पनीकाे शेयर प्रतिकित्ता ५७० रूपैयाँमा काराेबार भएकाे छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।