एशियन लाइफ इन्स्योरेन्सको ६० प्रतिशत हकप्रदले पायो धितोपत्र बोर्डको अनुमति

Feb 12, 2019 Merolagani

एशियन लाइफ इन्स्योरेन्स (ALICL) को ६० प्रतिशत हकप्रदलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । कम्पनीले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद अनुमतिका लागि बोर्डमा दिएको निवेदनलाई स्वीकृत गरेको हो ।

कम्पनीले मङ्सिर १९ गते निवेदन दिएको थियो ।

एशियनले चुक्ता पूँजीको दश बराबर ६ कित्ताको अनुपातमा एक सय रुपैयाँ अंकित दरमा ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद निष्काशनका लागि बोर्डको स्वीकृति पाएको हो ।

इन्स्योरेन्सको गत जेठ १९ गते सम्पन्न दशौं वार्षिक साधारण सभाले ४ प्रतिशत बोनस पश्चात कायम हुने चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको थियो । हकप्रद निष्काशनका लागि कम्पनीले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

एक अर्ब २५ करोड ६७ लाख २५ हजार ४५५ रुपैयाँ चुक्ता पूँजी रहेको एशियनको ६० प्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी दुई अर्ब एक करोड सात लाख रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।