प्रिमियर इन्स्योरेन्सको जगेडा कोषमा ६० करोड, खुद नाफा ८.८०% बढ्यो

Feb 14, 2019 Merolagani

प्रिमियर इन्स्योरेन्स (PIC) को चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा जगेडा कोषको आकार ६० करोड १० लाख रुपैयाँ सञ्चित हुन पुगेको छ। गत आवको यसै अवधिमा २० करोड ३८ लाख रहेको कम्पनीको जगेडा बढेर करिब ३ गुणा पुगेको हो।

गत आवको पुस मसान्तको तुलनामा चालू आवमा कम्पनीले आफ्नो खुद नाफा ८.८० प्रतिशतले मात्र बढाएको छ । गत आवको यसै अवधिमा ५ करोड ४१ लाख खुद नाफा कमाएको यस कम्पनीले हाल ५ करोड ८८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको हो । 

कम्पनीले यस अवधिमा ४१ करोड ५९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ४० करोड ७८ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।
कम्पनी पुनर्बीमा कमिशन आयबाट ९ करोड ९४ लाख, लगानी कर्जा तथा अन्य आयबाट ३ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

५८ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको बीमा कोषमा ४३ करोड १ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ३ करोड ८९ लाख रुपैयाँ सञ्चित छ ।

हाल सम्म कम्पनीले ७९ करोड ५४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । यस अवधिसम्ममा एक लाख ३ हजार १२१ बीमालेख जारी गरेकोमा ३ हजार ५८४ बीमालेख नवीकरण भएका छन् ।

कम्पनीले ३ हजार ३२ दाबी संख्या वापत ५४ करोड ८६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ३ हजार ७२२ दाबी वापत ९६ करोड ९७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ १६ पैसा, प्रतिशेयर नेटवर्थ २८३ रुपैयाँ २४ पैसा र मूल्यआम्दानी ५२.९८ गुणा बढी छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।