गत आर्थिक वर्षको यसै अवधिको तुलनामा हेर्ने हो भने कम्पनीले आफ्नो नोक्सानीले सुधार गर्दै लगेको छ । गत वर्ष कम्पनीले ९३ लाख ४१ लाख रुपैयाँ खुद नोक्सानी व्योहोरेको थियो । यस अवधिमा कम्पनीले ६८ लाख ९ हजार रुपैयाँले खुद नोक्सानी सुधार गरेको हो ।
जलविद्युत्त कम्पनीको विद्युत्त विक्रीबाट ५ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ३ करोड ६९ लाख रुपैयाँले बढी हो । गत वर्ष कम्पनीले विद्युत बिक्रीबाट २ करोड ३ लाख रुपैयाँ आर्जन गरेको थियो ।
यस्तै कम्पनीले ६६ करोड ७३ लाख रुपैयाँ दिर्घकालीन कर्जा उपयोग गरेको छ ।
कम्पनीले जगेडा कोष १० करोड ७ लाख रुपैयाँ सञ्चिति नोक्सानीमा छ। गत वर्षको यहि अवधिमा ४ करोड १७ लाख रुपैयाँ नोक्सानीमा रहेको जगेडा कोष यस अवधिमा ५ करोड ९० लाख रुपैयाँले नोक्सानी बढेको हो ।
दिव्यश्वरी हाइड्रोपावरको चुक्ता पूँजी २६ करोड ४० लाख रुपैयाँ छ । यस्तै प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८४ पैसा नोक्सानीमा र प्रतिशेयर नेटवर्थ ६१ रुपैयाँ ८५ पैसा मात्र रहेकाे छ ।