रैराङ्ग हाइड्रोपावरको नाफा ५९८.७२% बढ्यो, ७४ लाख आर्जन

Feb 15, 2019 Merolagani

रैराङ्ग हाइड्रोपावर (RRHP) को खुद नाफा गत वर्षको पुस मसान्तको तुलनामा ५९८.७२ प्रतिशतले बढेको छ। गत वर्षको यसै अवधिमा १० लाख ६३ हजार नाफा आर्जन गरेको हाइड्रोले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७४ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको हो।

यस अवधिमा हाइड्रोको विद्युत बिक्री मार्फतको आम्दानी घटेपनि अन्य स्रोत मार्फत आम्दानीले नाफामा बढोत्तरी देखाएको हो।

गत वर्ष विद्युत बिक्री मार्फत् १७ लाख १६ हजार आम्दानी गरेको हाइड्रोले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १६ लाख ६७ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ। त्यस्तै अन्य स्रोत मार्फत् हाइड्रोले ६५ लाख ८३ हजार आम्दानी गरेको छ। 

गत वर्ष २ लाख ३२ हजार आयोजनामा खर्च खर्च गरेको हाइड्रोले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ लाख १७ हजार खर्च गरेको छ भने प्रशासनिक खर्च स्वरुप ३५० रुपैयाँ मात्र खर्च गरेको छ।

त्यस्तै गत वर्ष ४ लाख २० हजार ब्याज खर्च गरेकोमा त्यसलाई व्यवस्थापन गर्दै ३ लाख ४२ हजार रुपैयाँमा सीमित बनाएको छ भने एक लाख ६० हजार ह्रास कट्टी बापतको खर्च गरेको छ।

यस अवधिमा हाइड्रोले चुक्ता पूँजी १७.६५ प्रतिशतले बढाएर ४७ करोड ६० लाखबाट ५६ करोड पुर्याएको छ भने जगेडा कोषमा उत्कृष्ट सुधार गरेको छ । गत वर्ष ७२ लाख ४ हजार ऋणात्मक रहेको जगेडा कोषमा समीक्षा अवधिसम्ममा ३८ लाख ९२ हजार रुपैयाँ सञ्चित गरेको छ ।

रैराङ्ग हाइड्रो पावरको पनि वित्तीय विवरण पनि त्रुटीपूर्ण

रैराङ्ग हाइड्रो पावर कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा पनि प्रतिशेयर आम्दानी र मूल्य आम्दानी अनुपात पनि गलत तवरबाट गणना गरेको छ ।

यस विवरणमा कम्पनीले वित्तीय विवरणमा दोस्रो त्रैमासिकमा कायम भएको १.३३ पैसा प्रतिशेयर आम्दानीलाई प्रथम त्रैमासको जसरी वार्षिकीकरण गरेर ५ रूपैयाँ ३१ पैसा देखाएको छ । तर कम्पनीको वास्तकि प्रतिशेयर आम्दानी भने वार्षिक २ रुपैयाँ ६५ पैसा कायम हुने देखिन्छ ।

गत आवको यसै अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४५ पैसा रहेको थियो । नाफा बढेसँगै कम्पनीको इपिएस भने बढेको हो । कम्पनीको चुक्ता पूँजी ५६ करोड रुपैयाँ र हाइड्रोको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ७० पैसा छ ।

प्रतिशेयर आम्दानी गणना नै गलत तवरबाट निकाल्दा कम्पनीको मूल्य आम्दानी अनुपात पनि गलत बन्न पुगेको छ । वित्तीय विवरणमा कम्पनीमा मूल्यआम्दानी अनुपात दोस्रो त्रैमासिक अवधिमा ७४.६० गुणा उल्लेख गरेको छ । तर कम्पनीकै वित्तीय विवरणमा नै कम्पनीको शेयर पुस ३० गते अन्तिम पटक प्रतिकित्ता ९९ रुपैयाँमा कारोबार भएकाले यसको इपिइस २ रुपैयाँ ६५ पैसाका आधारमा पिइ रेसियो ४०.४१ गुणा मात्र बढी देखिन्छ ।

नियामक निकाय नहुने कम्पनीहरुले प्रकाशि गर्ने वित्तीय विवरण हुबहु बुझ्नु र त्यस अनुसार लगानी रणनीति लिनु घातक हुने देखिन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।