हुवावेका संस्थापकले भने, अमेरिकाले कम्पनीलाई हानी पुर्याउन सक्दैन

Feb 20, 2019 Merolagani

चीनको स्मार्टफोन कम्पनी हुवावेका संस्थापक रेन झेंगफले आफ्नी छोरी तथा कम्पनीकी उपप्रमुख मेंग वानजाउको पक्राउलाई राजनीतिबाट प्रेरित भएको बताएका छन् ।

झेंगफले एउटा अन्तवार्ताका क्रममा भने, अमेरिकाको आचरण आपत्तिजनक रहेको छ र त्यो कुनै पनि हालतमा सह्य हुनेछैन । अमेरिकाले हुवावेलाई दबाएर कम्पनीलाई हानी पुर्याउन नसक्ने झेंगफले बताए ।

हुवावेकी उपप्रमुख मेंगलाई गत वर्ष डिसेम्बर १ मा क्यानडबाट पक्राउ गरिएको थियो । अमेरिकाको आदेशका आधारमा मेंगलाई पक्राउ गरिएको बताइएको थियो ।

इरानमाथि अमेरिका र यूरोपेली देशहरुले लगाएको प्रतिबन्धको उल्लंघन गरेर वित्तिय संस्थालाई धोकामा राख्ने षडयन्त्र रचेको भन्दै अमेरिकाले मेंगमाथि धोकाधडीको अभियोग लगाउदै आएको थियो ।

यसका साथै अमेरिकाले हुवावेमाथि चीनको इशारामा काम गरेको र व्यापार गोपनिया चोरेको पनि आरोप लगाएको छ । तर कम्पनीले यि तमाम आरोपहरु अस्वीकार गर्दे आइरहेको छ ।

अमेरिकाले हुवावेको उपकरणका माध्यमबाट अमेरिकाका मानिसहरुको जासुसी गर्न सकिने बताएको छ । अमेरिकाको उक्त भनाईमाथि हुवावेका संस्थापकले आफ्नो कम्पनी कहिल्यै पनि यस्तो गतिविधिमा शामिल नहुने बताएका छन् ।

अमेरिकाले विगत केही दिनदेखि आफ्ना सहयोगी निकटका देशहरुलाई पनि हुवावेका उपकरणहरु प्रयोग नगर्नका लागि भनेको थियो । रेन झेंगफेले भने, हामी विकसित छौँ त्यसैले दुनियाँ हामीलाई उपेक्षा गर्न सक्दैन । यद्यपी अमेरिकाले अन्य देशहरुलाई पनि हाम्रा विरुद्ध उचालिरहेको छ ।

हुवावेमाथि अमेरिकी आरोपका कारण ब्रिटेनले पनि कम्पनीको उपकरणमाथि रोक लगाउने भन्ने चर्चा चलिरहेको थियो । तर एक रिपोर्टका अनुसार त्यहाँका सुरक्षा अधिकारीहरु कम्पनीलाई पूर्ण रुपमा प्रतिबन्ध गर्ने पक्षमा छैनन ।

हुवावेका संस्थापकका अनुसार, उनको कम्पनीले ब्रिटेनमा आफ्नो लगानी जारी राख्नेछ । उनले भने, अमेरिकाले हामीलाई विश्वास गरेन भने हामी अमेरिकामा गरिएको लगानी पनि ब्रिटेनमा स्थानान्तरण गर्नेछौँ र त्यहाँ पहिलेको भन्दा पनि धेरै लगानी विस्तार गर्नेछौँ । एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।