भारतमा टिकटकमाथि प्रतिबन्ध हुदाँ दैनिक ५ करोड ६० लाख रुपैयाँ नोक्सानी

Apr 24, 2019 Merolagani

चीनको भिडियो एप टिकटकमाथिको प्रतिबन्धका कारण निर्माता कम्पनी बाइटडान्सलाई दैनिक ५ लाख डलर अर्थात् करिब ५ करोड ६० लाख रुपैयाँभन्दा बढीको नोक्सानी भएको छ ।

कम्पनीले भारतको सर्वाेच्च अदालतमा गत शनिवार मुद्दा दायर गरेको हो । कम्पनीले २५० जनाको जागिर खतरामा रहेको भन्दै टिकटकमाथि लागेको प्रतिबन्ध हटाउनका लागि अपिल गरेको बताइएको छ ।

३ अप्रिलमा भारतको मद्रास हाइकोर्टले केन्द्रीय सरकारलाई टिकटक डाउनलोडिङमा रोक लगाउनका लागि आदेश दिएको थियो । यो एपले ‘पोर्नेग्राफी’ लाई प्रेरित गरेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यसपछि भारतको सूचना प्रविधि मन्त्रालयको निर्देशनअनुसार गत साता गूगल र एप्पलले भारतको एप स्टोरबाट टिकटक एप हटाएका थिए ।

बाइटडान्सका अनुसार, भारतमा टिकटकमाथि प्रतिबन्ध लागेका कारण उसलाई ठूलो आर्थिक नोक्सान भइरहेको छ । यसबाट कम्पनीको प्रतिष्ठा पनि खराब हुनेछ । यस्तोमा विज्ञापनदाता र लगानीकर्ताहरु पनि प्रभावित हुने बताइएको छ ।

भारतमा मात्र प्रतिबन्धका कारण दैनिक १० लाख प्रयोगकर्ताहरुले एप डाउनलोड गर्न पाइरहेका छैनन । भारतमा मात्रै अहिलेसम्म ३० करोडपटक यो एप डाउनलोड भएको छ । विश्वव्यापी रूपमा यो एप १ अर्बभन्दा बढी डाउनलोड भएको छ । एजेन्सी

comments powered by Disqus