मेलम्चीमा बदमासीको अर्को नाम इटालियन ठेकदार 'सीएमसी'

Feb 21, 2019 Merolagani

नवीन ढुंगाना ।
मेगानीक ट्रेड ग्रुप,मोरङले मेलम्चीको सुरुङ निमार्णका लागि इटालियन ठेकदार कम्पनी सीएमसी द रेभिनालाई कम्प्युटर र ल्यापटप बिक्री गथ्र्यो । आयोजनाको काम काजका लागि प्रयोग हुने कम्प्युटर र ल्यापटप बिक्री गरेबापतको ७९ हजार ४५२ रुपैयाँ मेगानीकले सीएमसीबाट पाउनु पर्ने छ ।

सीएमसीको काठमाडौंस्थित कार्यालय बन्द छ । विश्वासमा पारेर उधारो लगेर नदिई भागको भन्दै मेगानीक ट्रेडले महानगरीय प्रहरी परिसर टेकुमा पुष पहिलो साता ठगी उजुरी दर्ता गराएको छ ।

यस्तै गणपति टायर इन्टरनेशनल काठमाडौंले आयोजनालाई बेचेको गाडीको टायर बापतको ४१ हजार ४९२ रुपैयाँ पनि पाएको छैन् । गणपति टायरले पनि आफूहरुलाई ठेकदार कम्पनीले ठगेको भन्दै कारबाही माग गर्दै परिसर टेकुमा उजुरी गरेकाे छ ।

दुई अर्ब ५९ करोडको मेलम्ची लफडा, ठेकदारलाई किन काँध हाल्दै छिन मन्त्री ?

अन्तराष्ट्रिय ठूला आयोजनाको अरबाैँ रुपैयाँको ठेक्का जिम्मा लिएर काम गर्ने यूरोपको कम्पनीले नेपालको एउटा सामान्य पसलहरुबाट उधारोमा लिएको ल्यापटप, कम्प्यूटर र टायरको समेत पैसा नतिरी किन भाग्छ ? मेगानीक र गणपति त उदाहारण मात्रै हुन् । महानगरीय प्रहरी परिसरमा मेलम्चीको इटालियन ठेकदारबाट ठगिएको भन्दै २ दर्जन बढी उजुरी परेको छ ।

सीएमसीबाट ठगीनेहरु

माथि उल्लेखित फर्म र मानिसहरु ठगिएको उजुरीबारे प्रहरीले खानेपानी मन्त्रालयमा जानकारी गरायो । प्रहरीले मन्त्रालयमा जानकारी गराएको बेलासम्म इटालियन ठेकदारका प्रतिनिधिहरु नेपालमै थिए । तर मन्त्रालयले महानगरीय प्रहरी परिसरलाई कारबाही अगाडी नबढाउनु र पिडितलाई मन्त्रालय नै पठाउन भन्यो तर कुनै न्याय मिल्ने कुनै संकेत नदेखिएकाे पिडितले बताएका छन् ।

उल्लेखित पिडितसहित ४४ जना ठेकदार तथा सप्लायर्सहरुले सीएमसी पिडित समूह नै बनाएर आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सीएमसीबाट उनीहरु १ अर्ब ४० करोड रुपैयाँ पाउनु पर्ने बताउँदै आएका छन् । यो बाहेक आयोजनामा काम गरेका ८ सय जना श्रमीकले करिब ८ करोड रुपैयाँ आफूहरुले पाउनु पर्ने बताएका छन् । तर बालुवाटार पाण्डोल मार्गमा रहेको सीएमसीको नेपाल कार्यालय बन्द छ भने आयोजना म्यानेजर क्रिश्चियाने ग्रेचो सहित सबै जना इटाली फर्किसकेका छन् ।

करोडौँ रकमको चेक बाउन्स

गत माघ २७ गते रिपोटर्स क्लवमा पत्रकार सम्मेलन गरेर सीएमसी पिडित संघर्ष समितिले ठेकदार कम्पनीले आफूहरुलाई दिएको करोडौँ रकमको चेक बाउन्स भएको जानकारी दिए । उनीहरुका अनुसार सीएमसीको नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको खाता नाम C.M.C. DI RAVENNA खाता नं.00101010304528, Current Beneral Account-NPR बाट जारी गरिएको ८ देखि १२ करोड रुपैयाँ बराबरको चेक अनादर भएको छ ।

मार्को क्यासिल्लो पासपोर्ट नं. YA 9716952 र डेभिड पास्टोरानो पासपोर्ट नं. YBO 475120 लाई चेक अनादरमा कारबाही माग गर्दै महानगरीय प्रहरी परिसर टेकुमा पिडितले जाहेरी दिइएका छन् तर कारबाही अगाडी बढेन ।

मेलम्ची खानेपानी परियोजनाको कुल ठेक्का लागत ७ अर्ब ७३ करोड ३४ लाख ७१ हजार ३४२ रुपैयाँ ७२ पैसा सीएमसीले कबोलेको रकम हो । सीएमसीले मेलम्ची खानेपानी विकास आयोजनासंग १० अर्ब भन्दा बढी रकम भुक्तानी लगिसकेको छ । तर आयोजना पनि सकिएको छैन भने नेपालमा उसको भुक्तानी दायित्व पनि करौडौं रुपैयाँमा रहेको देखिएको छ । राष्ट्रिय गौरवको आयोजनामा काम गर्ने ठेकदारको यो भन्दा ठूलो बदमासी र गैह्र जिम्मेवारी पन अर्को के हुन सक्छ ? 

मेलम्ची आयोजनासंग सीएमसीले दावी गरेको क्षतिपूर्ति नाजायज रहेको स्वतन्त्र विवाद समाधान समिति (डीबी) ले निर्णय दिई सकेको छ । नेपालमा पाउनु पर्ने भन्दा तिर्नु पर्ने रकम दायित्व सीएमसीको धेरै छ भने इटालीस्थित मुख्य कम्पनी टाट पल्टिएको छ ।

सीएमसीले ठेक्का लिएर अलपत्र छोडेको तनहुँ हाइड्रोले गत मंगलबार मात्रै उसंगको ठेक्का तोडेको छ । इटालियन अदालतको आदेशमा सीएमसीको विश्वभर रहेको बैंक खातामा रकम राख्न सकिन्छ तर झिक्न मिल्दैन । यतिसम्म संकटग्रस्त बनेको एउटा ठेकदार कम्पनीलाई खानेपानी मन्त्री र सरकार अझै किन पत्याई रहेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।