बोर्डले प्यानमा लचकता अपनाउदा शेयर कारोबारमा सुधार, नेप्से पनि बढ्यो

Mar 14, 2019 Merolagani

नेपाल धितोपत्र बोर्डले स्थायी लेखा नम्बर (प्यान) कार्यान्वयनमा लचकता अपनाएपछि विहीबारको शेयर कारोबारमा सुधार देखिएको छ भने नेप्से परिसूचक समेत बढेको छ । बोर्डले एकैपटक पाँच लाख भन्दा बढीको कारोबारमा मात्र प्यान अनिवार्य गरेपछि लगानीकर्ताले राहत महशुस गरेका छन् ।

बोर्डले पाँच लाख रुपैयाँभन्दा माथिको कारोबारमा मात्र प्यान अनिवार्य गर्ने निर्णय गरेको छ। शेयर लगानीकर्ताको चर्को विरोधपछि बोर्डले पाँच लाख रुपैयाँको सीमा तोकेको हो । ५ लाखभन्दा कमको कारोबार गर्नेहरुले पनि ऐच्छिक रुपमा प्यानमा आबद्ध हुन सक्ने बोर्डले जनाएको छ ।

आगामी बैशाख १ गतेदेखि ५ लाखभन्दा बढीको शेयर कारोबारमा भने प्यान अनिवार्य हुनेछ । बोर्डका अनुसार एकपटकमा पाँच लाख वा सो भन्दा बढी रकमको शेयर कारोबार गरेमा प्यान अनिवार्य चाहिनेछ ।

शेयर बजारमा साना लगानीकर्ताहले एकैपटकमा पाँच लाखको कारोबार कमै गर्ने भएकाले उनीहरुलाई प्यानको झन्झट नपर्ने भएपछि बजारमा सुधार देखिएको हो ।

साताको अन्तिम दिनको बिहिबार बजार सामान्य बढेको छ । तर कारोबार रकम भने अघिल्लो दिनको तुलनामा दश करोड रुपैयाँले बढेको छ ।

बिहिबार नेप्से परिसूचक ५.४० अकले बढेर ११५५.५० बिन्दुमा पुगेको छ । यस दिन १७१ कम्पनीको १३ लाख ३९ हजार ९७२ कित्ता शेयर ४८ करोड ५८ लाख रुपैयाँमा खरिद बिक्री भयो । बुधबार ३८ करोड ७३ लाख रुपैयाँमा कारोबार भएको थियो ।

नियामक निकायले शेयर बजार सुधारको लागि बजारको आवश्यकता अनुसार नीतिलाई व्यसवस्थापन गर्ने प्रतिवद्धता गरे सँगै बजारमा सुधारको संकेत देखिएको हो ।

बिहिबार कारोबारमा आएका १० उपसूचक मध्ये उत्पादन तथा प्रशोधन समूहको सूचक मात्र ०.२३ अंकले ऋणात्मक भयो ।

यसदिन सबै भन्दा धेरै अर्थात ४०.०९ अंबले बढोत्तरी भएको छ । विकास बैंक समूहको सूचक २२.५४ अंकले बढेको छ भने र्निजीवन बीमा समूहको सूचक २२.०८ अंकले बढेको हो । यसैगरीजीवन बीमा ५.३७, वित्त समूह ५.०५, जलविद्युत ४.६७, बैंकिङ्ग ४.५९, लघुवित्त २.११ र अन्य समूहको सूचक २.३ अंकले बढेको छ ।

बिहिबार नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरको खरिद बिक्री सबै भन्दा धेरै भएको छ । इन्स्योरेन्सको एक लाख ९६ हजार २६२ कित्ता शेयर २१ करोड रुपैयाँमा किनबेच भयो ।
यस दिन तिनाउ विकास बैंक तथा युनाइटेड फइनान्सको शेयर मूल्य सबै भन्दा धेरै अर्थात ९.८८ प्रतिशतले बढेको छ । यता राद्यि हाइड्रोपावरको शेयर मूल्य सबै भन्दा धेरै अर्थात ६.१२ प्रतिशतले घटेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।