धितोपत्र बजारमा नयाँ वित्तीय औजार,पहिलो पटक खुलामुखी सामुहिक लगानी योजना

Apr 28, 2019 Merolagani

नेपाल धितोपत्र बोर्डले पहिलो पटक धितोपत्र बजारमा खुलामुखी सामुहिक लगानी योजना संचालनमा ल्याउने भएको छ । बोर्डले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमको सामूहिक लगानी कोष अन्र्तगत यस्तो योजना संचालनमा ल्याउने भएको हो ।

बोर्डका अनुसार एक योजना व्यवस्थापकलाई प्रयोगात्मकरुपमा प्रारम्भिक आकार ५० करोड रुपैयाँ रहने गरी पहिलो खुलामुखी सामूहिक लगानी योजना संचालन गर्न एनआईबिएल सहभागिता फण्डलाई अनुमति दिईसकेको छ ।

यसमा पहिलो चरणमा १२ करोड ५० लाख बराबरको ईकाइहरु सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री खुल्ला हुने बोर्डले जनाएको छ । 

सामूहिक लगानी कोष नियमावली लागू भए यता बोर्डले हालसम्म करिव १६ अर्व रुपैयाँ बराबरको १७ वटा बन्दमुखी योजनाहरु मात्रै संचालनमा रहेको छ

खुलामुखी योजना, बन्दमुखी योजना जस्तो नेप्सेमा सूचीकरण नहुने र धितोपत्र दलालमार्फत कारोवार नहुने जनाएको छ । योजनाको खुद सम्पत्ति मूल्यको आधारमा योजना व्यवस्थापकले नै योजनाको इकाईको खरीद बिक्री सुविधा उपलब्ध गराउने हुँदा लगानीकर्ताहरुले चाहेको बखत सहजै इकाई खरीदबिक्री गर्न सक्ने व्यवस्था रहेको बोर्डले जनाएको छ ।

बन्दमुखी योजना जस्तै खुलामुखी योजनाको प्रति इकाई मूल्य १० रुपैयाँ हुने र न्यूनतम १००० रुपैयाँ सम्ममा इकाई खरीद गर्न सकिनेछ । खुलामुखी योजना निश्चित अवधिमा परिपक्व हुने नभई निरन्तर संचालनमा रहनेछ ।

लगानीकर्ताहरुले ईकाइ खरिद गर्दा कुनै शुल्क नलाग्ने बोर्डले जनाएको छ । लगानीकर्ताहरुको माग अनुसार योजनाको आकार बृद्धि गर्न सकिने र नयाँ योजना समेत ल्याउन सकिने बोर्डको दाबी छ ।

खुलामुखी योजनाको प्रवेशसँगै लगानीकर्ताहरुलाई लगानीका लागि नयाँ वित्तीय औजार उपलब्ध हुने र यसबाट लगानीकर्ताहरुले लगानी विविधीकरण गर्न सहयोग पुग्नुकासाथै धितोपत्रबजारमा नयाँ आयाम थप हुने र हाल अन्य खुलामुखी योजना समेत आउने क्रममा रहेकोेमा यसबाट बजारको दायरा फराकिलो हुन सहयोग पुग्ने बोर्डले विश्वास छ ।

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।