शेयर खरीद तथा बिक्री गर्न भैरहवामा पनि खुल्यो ‘ब्रोकर’ कार्यालय

Apr 15, 2019 RSS

शेयर खरीद तथा बिक्री गर्नका लागि रुपन्देहीको भैरहवामा नयाँ ‘ब्रोकर’ कार्यालय स्थापना भएको छ । सो कार्यालयसँगै रुपन्देहीमा शेयर खरीद तथा बिक्री गर्ने कार्यालयको सङ्ख्या ६ पुगेको छ ।

सिद्धार्थनगर नगरपालिका–८ स्थित नारायणपथ, भैरहवामा भिजन सेक्युरिटिज प्राली (३४) नं को शाखा स्थापनापछि शेयर खरीद तथा बिक्री गर्न लगानीकर्ता भैरहवाबाट बुटवल आउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

“केही लगानीकर्ता आइरहनुभएको छ,” भिजन सेक्युरिटिज प्रालि (३४) नं ब्रोकर कार्यालय, भैरहवाका सुदीप रिमालले भने । भैरहवामा शेयर खरीद तथा बिक्री कार्यालय नहुँदा लगानीकर्ता बुटवल आउनुपर्ने बाध्यता थियो ।

बुटवलमा एशियन सेक्युरिटिज, दक्षिणकाली सेक्युरिटिज, आर्यनतारा इन्भेष्ट कम्पनीलगायत पाँच ब्रोकर कार्यालय छन् ।

पछिल्लो समय व्यवस्थापन सङ्कायका विद्यार्थी, व्यापारी, शिक्षक लगायतले शेयरमा लगानी गर्न थालेको बताइएको छ । बुटवलमा रहेका पाँच ब्रोकर कार्यालयबाट दैनिक रु एक करोडको हाराहारीमा शेयर कारोवार हुँदै आएको छ । 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।