बैकर्स संघका अध्यक्ष भन्छन् : 'कर पछिको नाफा शेयरधनीलाई बाड्न पाउनुपर्यो '

Apr 24, 2019 Merolagani

नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले सरकारलाई कर तिरेपछिको बैंकको नाफा शेयरधनीलाई वितरण गर्न पाउनुपर्ने माग गरेका छन् । राष्ट्र बैंकले आयोजना गरेको आगामी आर्थिक बर्षको पूर्व बजेट छलफलमा उनले करको स्ल्याब परिर्वतन गर्नुपर्नेमा जोड दिए ।

बैंकहरुमा लगानी योग्य रकम बढाउन सरकारको खर्च गर्ने क्षमता बढाउनुपर्ने सुझाब राख्दै उनी करकै बिषयमा केन्द्रीत रहे ।

ढुङ्गानाले निजी क्षेत्रको विकासका लागि दवाव देखिएको उल्लेख गर्दे सरकारले समयमा पेमेन्ट नगर्दा बजारमा पैसा आउन नसकेको बताए।

ढुङ्गानाले गतबर्षको करको स्लाब परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले सिएसआरमा कर योग्य आयमा नघटाउदै सो रकमको पनि कर तिर्नुपर्ने अवस्था रहेको गुनासो गरे ।

त्यस्तै उनले पूँजीगत लाभकर पछि रियल स्टेट क्षेत्रको कर अझै निर्धारण हुदा बाँकी क्षेत्रमा समस्या आएको भन्दै यसतर्फ राष्ट्र बैंकको ध्यानकर्षण गराए ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।