ओम डेभलपमेन्ट बैंकका शेयरधनीले प्रस्तावित लाभांश नपाउने

May 26, 2019 Merolagani

ओम डेभलपमेन्ट बैंकका शेयरधनीले यस अघि प्रस्ताव गरिएको लाभांश नपाउने भएका छन् । ओम र एनएमबी बैंकबीच मर्जरमा जान भएको सैद्धान्तिक सहमति अनुसार बैंकले लाभांश बिनानै साधारण सभा गर्न राष्ट्र बैंकसँग अनुमति मागेको हो ।

ओम डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई १२.७० प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव गरेको थियो । यस अघि प्राइम कर्मशियल बैंकसंग एक्विजिशनमा जानको लागि सैद्धान्तिक सहमति भएकोले राष्ट्र बैंकबाट लाभांश स्वीकृत भएको थिएन् । त्यसबीचमा सहमति भड्किएपछि शेयरधनीले लाभांश नपाउने बतावरण बनेको हो ।


प्राइम कर्मशियलसंग कुरा नमिले पछि ओम डेभलपमेन्ट र एनएमबि बैंकबीच २०७६ जेठ २ गते मर्जरमा जान सैद्धान्तिक सहमति भैसकेको छ । मर्जर पछि एकिकृत साधारणसभा सम्पन्न गरी दुबै संस्थाका शेयरधनीहरुलाई आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लाभांश वितरण गर्ने सहमति भएको छ ।

यस्तै सहमति पत्रको बुंदा नम्बर २५ अनुसार शेयर स्वाप रेसियो समेत असर पर्ने भएकोले बैंक संचालक समितिको जेठ १० गते बसेको बैठकले लाभांश बिनै साधारण सभा बोलाउन अनुमति मागेको हो ।

हाल एनएमबि बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रहेको छ भने पोखरामा प्रधान कार्यालय रहेको राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २ अर्ब ५१ करोड रहेको छ । एकीकृत बैंकको चुक्ता पूँजी साढे ११ अर्ब माथि पुग्नेछ ।

मर्जरपछि बन्ने एकीकृत बैंकको प्रमुख कार्यकारी अधिकृत हालका एनएमबी बैंकका सीइओ सुनिल केसी र ओम डेभलपमेन्ट बैंकका विश्वमोहन अधिकारी डेपुटी सीइओमा रहनेछन् ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।