प्रदेश र स्थानीय तहमा १ खर्ब ३० अर्ब

May 29, 2019 Merolagani

सरकारले आज आर्थिक वर्ष २०७६/७७ को बजेट संघीय संसदमा पेश गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण गरिरहेका छन् ।

अर्थमन्त्रीले प्रदेशलाई ५५ अर्ब ३० करोड र स्थानीय तहलाई ८९ अर्ब अनुदान दिने बजेटमा व्यवस्था गरेका छन् ।

नागरिकको जीवनमा गुणस्तर सुधार, सामाजिक न्यया सहितको उच्च आर्थिक वृद्धिदर हासिल गर्ने चरम गरिबीको अन्त्य र पिछडिएका वर्गको उत्थानका लागि बजेटको प्राथमिकता दिएको छ ।

प्रदेश र स्थानीय तहले छनोट गरेका आयोजनाका लागि १० अर्ब समपूरक अनुदान दिने व्यवस्था बजेटमा छ ।

प्रदेश र स्थानीय तहको जनसंख्या क्षेत्रफल र मानवीय विकासका आधारमा प्रदेश र स्थानीय तहमा १ खर्ब ३० अर्ब छुट्याइएको छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।