बैंकमार्फत् रेमिट्यान्स, रोजगारी व्यवस्थापनमा ७ अर्ब १४ करोड

May 29, 2019 Merolagani

सरकारले वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्सलाई बैंकिङ प्रणालीमार्फत भित्रयाउने घोषणा गरेको छ । आगामी आर्थिक ०७६/०७७ को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री खतिवडाले बैंकमार्फत् भित्रिएको रेमिट्यान्स उत्पादनमुलक क्षेत्रमा लगानी गर्न जोड दिइने बताए ।

यस्तै वैदेशिक रोजगार व्यवस्थापनका लागि सरकारले ७ अर्ब १४ करोड बजेट छुट्याएको छ।

वैदेशिक रोजगारीमा जाने कामदारहरुको लागत रोजगारदाताले नै बेहोर्ने गरी शून्य लागतमा दुई देशबीच श्रम समझदारी गरेर मात्रै कामदारहरु पठाइने व्यवस्था गरिने भएको छ ।

सबै श्रमिकहरुलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार वैदेशिक रोजगारीमा पठाइने सरकारको योजना छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।