धितोपत्र बोर्डले वित्तीय साक्षरता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने

Jun 30, 2019 03:14 PM Merolagani

नेपाल धितोपत्र बोर्डले वित्तीय साक्षरता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। वित्तीय साक्षरता प्रर्वद्धन तथा ज्ञान अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय संस्था ‘द अर्गनाइजेशन फर कर्पोरेशन एण्ड डेभलपमेन्ट’ (ओईसीडी) अन्तर्गत ‘इन्टरनेशनल अन फाइनान्नसियल इजुकेशन’ (आइएनएफई)को सहकार्यममा दुई दिने सम्मेलन आयोजना गर्न लागेको हो ।

सम्मेलन याक एण्ड एती होटलमा असार १७ र १८ गते दुई दिन सम्म चल्नेछ। करिब १२५ जनाको सहभागिता हुने सम्मेलनको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गर्ने धितोपत्र बोर्डले जनाएको छ।

सम्मेलनमा अमेरिका, दक्षिण अफ्रिका, अष्ट्रेलिया, काजकिस्तान, सिंगापुर, थाइल्यान्ड, भुटान, चिन र भारत लगायत देशहरुका साथै सम्बन्धीत अन्य संघ संस्थाहरुको प्रतिनिधित्व हुनेछ । यस्तै प्रतिष्ठित अन्तराष्ट्रिय संस्थाहरु, पुर्व एशियाली तथा सार्क राष्ट्रका वित्तीय क्षेत्रका नियमनकारी निकायहरुको प्रतिनिधि गरी ४० जना वित्तीय क्षेत्र तथा वित्तीय साक्षरताको अन्तराष्ट्रिय विज्ञहरुको सहभागिता सहित अर्थमन्त्रालय, राष्ट्र बैंक, बीमा समिति, कम्पनी राजिष्टारको कार्यालय, बैकर एशोसिएसन, नेप्से, लगानीकर्ता सघंहरुको प्रतिनिधित्व सहित कुल १२५ जना सहभागि हुने बोर्डले जनाएको छ ।

सम्मेलनले वित्तीय साक्षरता तथा लगानीकर्ताको हित संरक्षण विषयमा अन्तराष्ट्रिय क्षेत्रमा महत्वपुर्ण सन्देश जाने र विभिन्न विकसित तथा विकासशील राष्ट्रहरुले वित्तीय साक्षरताको क्षेत्रमा गरिरहेको कामकारवाही, प्रविधि, अभ्यास, समस्या तथा चुनौतिहरुको आदान प्रदान हुने बोर्डको अपेक्षा छ ।

यस्तै सम्मेलनले वित्तीय साक्षरता र वित्तीय शिक्षा सम्बन्धी नीति निमार्णको साथै वित्तीय शिक्षा लिनेदिने अभ्यासलाई नयाँ उचाईमा पुर्याउने अपेक्षा छ ।

बोर्डले २०१९ जनवरीवाट लागु हुने गरी ओईसीडी अन्र्तगत आइएनएफईको पुर्ण सदस्ता प्राप्त गरिसकेको छ । ओईसीडी एक अन्र्तराष्ट्रिय संस्था हो । जसले विश्वमा मानव जीवनको समृद्धिको लागि असल तथा प्रभावकारी नीति बनाउन मद्धत गर्छ । ओईसीडीले वित्तीय साक्षरताको महत्वलाई आत्मसाथ गर्दै त्यस सम्बन्धमा गतिविधि विस्तार गर्न सन् २००८ मा आइएनएफई स्थापना गरेको हो ।

आइएनएफईले साता तथा मझौला व्यवसाय, वित्तीय साक्षरता, युवा तथा महिला वर्ग, दीर्घकालीन बचत तथा लगानी लगायतको विविध क्षेत्रमा वित्तीय साक्षरता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।