सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाई नेप्सेमा कारोबार सुरु

Sep 26, 2019 10:44 AM Merolagani

सामूहिक लगानी कोष सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाई असोज ९ गतेदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार सुरु भएको छ।

कूल एक अर्ब २० करोड रुपैयाँ बराबरको आकारमा सञ्चालित यस फण्डको १२ करोड इकाइ बुधबार कारोबारका लागि नेप्सेमा सूचीकृत गरिएको थियो। यससँगै नेप्सेले बिहीबारदेखि कारोबार खुला गरेको हो।

नेप्सेले इकाईको कारोबारका लागि एसआईजिएस२ (SIGS2)  कारोबार संकेत प्रदान गरेको छ । यसअनुसार अब सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाईको असोज ९ गते पश्चात यहि सिम्बोलमा हुनेछ ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ सिद्धार्थ क्यापिटलको व्यवस्थापन तथा सिद्धाथ म्युचुअल फण्डद्धारा सञ्चालित हुने चौंथो म्युचुअल फण्ड हो । फण्डको प्रबद्र्धक सिद्धार्थ बैंक रहेको छ ।

सिद्धार्थ क्यापिटलले गत साउन २३ देखि भदौ ५ गतेसम्म १ अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअलका इकाई सर्वसाधारणमा बिक्री गरेको थियो।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।