चन्द्रागिरी हिल्सको आम्दानी उल्लेख्य बढ्यो, नोक्सानी घट्दै

Apr 29, 2022 08:39 AM Merolagani

चन्द्रागिरी हिल्स लिमिटेड (CGH) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको आम्दानीमा उल्लेख्य सुधार भएको छ भने नोक्सानी घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ४२ करोड ३ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४१.२६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १७ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको थियो।

सञ्चालन आम्दानी बढेसँगै कम्पनीको नोक्सानी घटेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १८ करोड ११ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ करोड ९४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ५६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ७० रुपैयाँ ७ पैसा रहेको छ।

१ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ४४ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।