युनाइटेडसँग मर्जर प्रकृयामा रहेका अजोडको खुद बीमाशुल्कसँगै नाफा पनि बढ्यो

May 07, 2023 11:55 AM Merolagani

अजोड इन्स्योरेन्स लिमिटेड (AIL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १० करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ११.२९ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि बढेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको खुद बीमाशुल्क ४३.२४ प्रतिशतले बढेर ५२ करोड २ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्मा कम्पनीले ३६ करोड ३१ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले पुनर्बीमा कमिशन वापत १७ करोड ९० लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ४ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको कम्पनी र युनाइटेड इन्स्योरेन्सबीच मर्जर सम्बन्धी सम्झौता भएका छन् । बीमा प्राधिकरणको निर्देशन अनुसार पूँजी बढाउन बाध्य भएपछि दुई कम्पनीबीच मर्जर सम्झौता भएको हो ।

यस्तै कम्पनीको जगेडा कोषमा २० करोड ३८ लाख रुपैयाँ, बीमा कोषमा २२ करोड ३९ लाख रुपैयाँ र महाविपत्ती कोषमा २ करोड २ लाख रुपैयाँ सञ्चित रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ६९ पैसा, प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात ३१.४० गुणा रहेको छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।