नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकृत

Oct 03, 2023 12:35 PM Merolagani

असोज १६ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल एसबिआई बैंक (SBI) को ऋणपत्र सूचीकृत भएको छ। यस दिन बैंकको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ नेप्सेमा सूचीकृत भएको हो।

बैंकले वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर भएको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका १४ लाख १८ हजार ३६६ कित्ता ऋणपत्र यस दिन नेप्सेमा सूचीकृत भएको हो।

सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिन अर्थात बुधबारदेखि नेप्सेमा सो ऋणपत्र कारोबार गर्न सकिनेछ। बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।