एक्विजिशनपश्चात नेशनल हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत

Oct 12, 2023 10:10 AM Merolagani

असोज २४ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेशनल हाइड्रोपावर (NHPC) को शेयर सूचीकृत भएको छ। कम्पनीले साविकको सुनकोशी हाइड्रोपावर कम्पनीलाई एक्वायर गरेपश्चात थप भएको शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले सुनकोशीलाई १ बराबर ०.२५ अनुपातमा एक्वायर गरेको थियो। त्यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित तथा चुक्ता मूल्य दरका २५ हजार कित्ता शेयर नेप्सेमा सो दिन सूचीकृत भएको हो।

यस अघि कम्पनीको कुल १ करोड ६४ लाख १७ हजार ९२० कित्ता शेयर नेप्सेमा सूचीकृत थियो। अब कम्पनीको कुल सूचीकृत शेयर संख्या १ करोड ६४ लाख ४२ हजार ९२० कित्ता पुगेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।