सिटि होटलको आम्दानी बढेसँगै नोक्सानी घट्यो

Feb 11, 2024 06:50 AM Merolagani

सिटि होटल लिमिटेड (CITY) ले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार होटललको खुद नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १३ करोड २४ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको यस होटलले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ११ करोड ७९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ।

होटलको आम्दानी बढेसँगै खुद नोक्सानी घट्न पुगेको हो।

समीक्षा अवधिमा होटलको सञ्चालन आम्दानी १४.६१ प्रतिशत बढेर २४ करोड ३० लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, होटलको कुल आम्दानी समीक्षा अवधिमा २४.९८ प्रतिशत बढेको छ भने कुल खर्च १८.३२ प्रतिशत बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा होटलको प्रतिशेयर आमदानी १४ रुपैयाँ १० पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ५० पैसा रहेको छ।

१ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको अन्य इक्विटी ५ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।