चन्द्रागिरी हिल्सको अधिकांश सूचकमा सुधार

Feb 12, 2024 08:48 AM Merolagani

चन्द्रागिरी हिल्स लिमिटेड (CGH) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा गत आर्थिक वर्षको तुलनामा सुधार भएको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ६ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिके तुलनामा २२.०७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १२.०७ प्रतिशत र कुल आम्दानी ११.८६ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल खर्च २६.४३ प्रतिशत बढेको छ भने वित्तीय खर्च ४.८५ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ४८ पैसा बढेर ८ रुपैयाँ १९ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ८९ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १११.७९ गुणा रहेको छ।

१ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने १६ करोड ७३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।