सुन र चाँदी दुबैको मूल्य घट्यो

Mar 13, 2024 10:41 AM Merolagani

गत आइतबार हालसम्मकै उच्च मूल्यमा पुगेर सोमबार र मंगलबार स्थिर रहेको सुनको मूल्य, बुधबार भने घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्ला तीन दिनदेखि यस्तो सुन हालसम्मकै उच्च मूल्य अर्थात प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको थियो। त्यसैगरी, यस दिन तेजाबी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्यसँगै यस दिन चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन २० रुपैयाँ घटेर १ हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।