दशैं लगत्तै नयाँ उचाईमा सुनको मूल्य

Oct 27, 2023 11:26 AM Merolagani

दशैं लगत्तै सुनको मूल्य नयाँ उचाईमा पुगेको छ। दशैं अघिको अन्तिम कारोबार दिन प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य, दशैंपछि ५०० रुपैयाँले महंगिएको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाल सुन १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो। त्यसैगरी, यस दिन तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्य बढेपनि यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ। दशैं अघि तोलाको १ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन पनि सोही मूल्यमा कारोबार भएको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।