माघ महिनाको पहिलो दिन सुनको मूल्य बढ्यो, चाँदीको भने स्थिर

Jan 15, 2024 11:44 AM Merolagani

माघ महिनाको पहिलो दिन सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस दिन छापावाल सुन प्रतितोला ३०० रुपैयाँ बढेको हो। अघिल्लो दिन अर्थात पुस महिनाको अन्तिम दिन यस्तो सुन प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन तेजाबी सुन भने प्रतितोला १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन पनि सोही दरमा कारोबार भइरहेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।