बैंकले गत आर्थिक बर्षको मुनाफाबाट उक्त लाभांश बाड्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बंैकको स्वीकृती पश्चात बैंकको आगामी सभाबाट अनुमोदन भएपछि उक्त लाभांश लगानीकर्ताले पाउनेछन् ।
आर्थिक बर्ष २०७२/०७३ को आश्विन मसान्त सम्ममा बैकले ८ अर्व ३० करोड निक्षेप संकलन गरी ७ अर्व २९ करोड कर्जा लगानी गरेको छ । सो अवधिमा बैंकले १० करोड ७८ लाख रुपैयाँ सञ्चालन मुनाफा, ६ करोड ८६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको प्रमुख कार्यकारि भरत राज ढकालले मेरोलगानीलाई जानकारी दिए ।
यस अवधिमा बैंकको प्रति शेयर आम्दानी रु. ४२.८६ हुन आउँछ । गत बर्षको तुलनामा बैकले आर्थिक बर्ष ०७१/०७२ को सोही अवधी भन्दा निक्षेप तर्फ ४८.५७ प्रतिशत, कर्जा तर्फ ४९.५८ प्रतिशत, सञ्चालन मुनाफा र खुद मुनाफा तर्फ ५७.७८ प्रतिशत बृद्धि गरेको छ ।
राष्ट्रिय स्तरको विकास बैंकको रुपमा स्तरोन्नती भए पश्चात काठमाण्डौंको नारायणगोपाल चोक महाराजगंजमा शाखा स्थापना गरी मिति २०७२ कार्तिक १३ गतेबाट कारोबार सञ्चालनमा ल्याएको छ ।
मुक्तिनाथ विकास बैंकमा किन बढ्दैछ लगानीकर्ताको आकर्षण ? एक विष्लेशण
यस्तो प्रगति गर्ने अरु छ कुनै बिकास बैंक ?
मुक्तिनाथमा आए नयाँ सञ्चालक
....................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।