स्टान्डर्ड चार्टर्डको पनि खुम्चियो खुद नाफा, कुमारीको भने बढोत्तरी

Nov 16, 2015 Mero Lagani



गत बैसाखमा गएको भुकम्प र हाल जारी भारतीय नाकाबन्दीको प्रभावले बाणिज्य बैंकहरुको खुद नाफा प्रभावित भएको छ । बिदेशी लगानी रहेको स्टान्डर्ड चार्टर्ड बैंक नेपालको खुल नाफा चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३४ करोड ५२ लाख रुपैयाँ भएको छ, जुन अघिल्लो आर्थिक बर्षको सोही अबधिको तुलनामा ४५ करोडले कम हो । तर तल्लो तहको बाणिज्य बैंकमा गनिने कुमारी बैंकले भने खुद नाफामा एक करोड ५० लाखले बढोत्तरी भएको छ । 

निक्षेप संकलनको अनुपातमा कर्जा सापटी विस्तार गर्न नसक्दा चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकको नाफामा कमी आएको हो ।

गतबर्षको पहिलो त्रैमासमा ५२ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकको निक्षेप बढेर चालुबर्षको यसैअवधिमा ५८ अर्ब रुपैयाँ पुगेको छ ।

एकबर्षको अवधिमा बैंकमा ६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । तर कर्जा तथा सापटी भने २९ अर्बबाट घटेर २६ अर्बमा संकूचित भएको छ । बैंकको लगानी भने वृद्धि भई १० अर्बबाट बढेर १८ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकको यसअवधिमा प्रतिशेयर आम्दानी ६१.४३ पैसा, खराबकर्जा ०.३८ प्रतिशत, कर्जा निक्षेपको रेसियो ५९ प्र्र्रतिशत, क्यापिटल एडेक्वसी झण्डै १६ प्रतिशत रहको छ ।

कुमारी बैंकले गत बर्षको पहिलो त्रैमासमा तीन करोड २८ लाख खुल नाफा गरेकोमा यस बर्षको सोेही अबधिमा चार करोड ८६ लाख रुपैयाँ नघाएको छ । बैंकले निस्क्रिय कर्जा अनुपातलाई ४.३८ प्रतिशतबाट २.९१ मा झारेको छ भने एक करोड १५ लाख राईट ब्याक र ७ करोड प्रोभिजन गरेको छ । बैंकले निक्षेप र कर्जा बिस्तार गरेको छ ।
दुई करोड ४३ लाख चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ कायम भएको छ ।

 

 

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

के स्ट्यान्डर्ड चार्टर्ड बैंकको स्ट्यान्डर्ड घटेकै हो त ?

स्टान्र्डर्ड चार्टर्डका ग्राहकलाई कतार एयरमा यस्तो छुट

स्टान्डर्ड चार्टर्ड नाम मात्रै ठूलो, कमाईमा किन सुस्त ?




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।