कास्कीको काहूँखोलामा मुक्तिनाथ विकास बैंकले खोल्यो अर्को शाखा

Dec 13, 2015 Mero Lagani



मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले पोखरा उप महा न.पा.वडा नं.–१३, काहूँखोलामा आधुनिक बैकिङ्ग शाखा संचालनमा ल्याएको छ । बैंकले त्यहाँ संचालीत लघुवित्त इकाइलाई शाखा कार्यालयमा रुपान्तरण गरेको हो । “जनता बैंकमा होइन बैंक जनतामा जानुपर्दछ” भन्ने सिद्धान्तलाई आत्मसात गरी शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

उक्त शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर महा प्रसाद अधिकारीले उद्घाटन गरेका हुन् ।

यस शाखाबाट काँहुखोला र यसका आसपासका क्षेत्रका जनता, उद्योगी व्यवसायी, शैक्षिक संस्था (स्कुल कलेज) स्वास्थ्य सेवा प्रदायक (हस्पिटल) सरकारी, गैहसरकारी संघ संस्था, कृषि पशुपालनसंग सम्बन्धित व्यवसायीहरु माझ प्रत्यक्ष रुपमा बैंकिé पंहुच पुग्ने प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बताए । 

आर्थिक बर्ष २०७२/०७३ को आश्विन मसान्त सम्ममा बैकले ८ अर्व ३० करोड निक्षेप संकलन गरी ७ अर्व २९ करोड कर्जा लगानी गरेको छ । सो अवधिमा बैंकले १० करोड ७८ लाख रुपैयाँ सञ्चालन मुनाफा, ६ करोड ८६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको प्रमुख कार्यकारि भरत राज ढकालले मेरोलगानीलाई जानकारी दिए ।

 

पोखराका बिकास बैंक र फाईनान्सहरु बलियो र सक्षम देखिनुको यस्तो रहेछ रहस्य

मुक्तिनाथ विकास बैंकमा किन बढ्दैछ लगानीकर्ताको आकर्षण ? एक विष्लेशण

यस्तो प्रगति गर्ने अरु छ कुनै बिकास बैंक ?

मुक्तिनाथमा आए नयाँ सञ्चालक

 

....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।