बैंक अफ काठमाण्डु र लुम्बिनी बैंकले गरे एक आपसमा गाभिने सहमति, शेयर स्वाप रेशियो १ बराबर ०.८२८१

Dec 24, 2015 Mero Lagani

पाँचौं पटक २ वटा वाणिज्य बैंकले मर्जरको सम्झौता गरेका छन् । बैंक अफ काठमाण्डु (BOK) र लुम्बिनी बैंक (LUBL) ले चुक्ता पूँजी ८ अर्ब पुर्याउनका लागि बिहीबार एक आपसमा गाभिने सम्बन्धमा सम्झौता गरेका हुन् । गोप्य रुपमा मर्जर सम्झौता गर्ने तयारी भए पनि विभिन्न माध्यमबाट सुचना चुहिए पछि त्यसको असर बिहीबारको शेयर कारोबारमा देखिएको थियो ।

बैंकहरु गाभिने सम्झौतामा बिओकेका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सत्यनारायण मानन्धर र डा. हेमराज सुवेदी तथा लुम्बिनीका तर्फबाट सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठ र सुवर्लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । शेयर स्वाप रेशियो १ अनुपात शुन्य दशमलव ८२८१ रहने सहमतीसंगै बैंकको नाम बैंक अफ काठमाडौं लुम्बिनी रहने सम्बन्धमा पनि सम्झौता भएको छ । यद्यपि शेयर स्वाप रेशियोको विषयलाई भने नेपाल राष्ट्र बैंकले स्वीकृति दिनु पर्ने छ । 

बीओके केही बर्ष अगाडिसम्म ब्लुचिप्सको रुपमा गनिएको कम्पनी भए पनि मेलम्ची ठेक्कामा फसेपछि खस्किएको छ भने लुम्बिनी पहिले धरासायी भएर राष्ट्र बैंकले सुधारे पछि क्रमश प्रगतिको पथमा लम्किदै गरेको बेंक हो । यी दुबैको मिलनले बलियो वाणिज्य बैंक बन्ने आधार खडा गरेका छन् ।

बीओके र लुम्बिनी दुवै बैंकले २०७४ को असार मसान्तसम्ममा ८ अर्ब रुपैयाँ पुँजी र्पुयाउनु पर्ने मौद्रिक नीतिको व्यवस्था अनुसार यस्तो सहमती गर्ने सम्बन्धमा यस अघि नै चर्चा चलिरहेको थियो । मर्जरको सुचना बाहिर ल्याउँदा शेयर बजार प्रभावित हुने भन्दै दुवै बैंकले मर्जरको विषयलाई गुपचुप राख्ने कोशिस गरेका थिए ।

अहिले बिओकेको चुक्ता पुँजी २ अर्ब ६७ करोड १४ लाख रुपैयाँ रहेको छ । यसमा बैंकले पस्ताव गरेको बोनस शेयर पनि समावेश छ । बीओकेको बैंक संचालक समितिको बैठकले लगानीकर्तालाई आकर्षक बोनस शेयर दिएर चुक्ता पूँजी दुई अर्ब ६७ करोड पुर्याउने प्रस्ताव गरेको थियो ।

उता लुम्बिनी बैंकले पनि बोनस शेयर बितरण गरि आप्नो चुक्ता पूँजी २ अर्ब रुपैयाँबाट २ अर्ब ३० करोड रुपैयाँ पुर्याउने योजना सार्वजनिक गरिसकेको छ । यस क्रममा उसले गत बर्षको नाफाबाट १५ प्रतिशत अर्थात २७ करोड ७० लाख बराबरको बोनस शेयर बाड्ने प्रस्ताव गरेको छ ।

बीओके र लुम्बिनी बैंक मर्जर भए पनि शाखा संख्या ६९ तथा एटीएम संख्या ६२ पुग्ने छ । अहिले बीओकेको ५१ त्था लुम्बिनीको १८ वटा शाखा सन्चालनमा छन् । त्यसै गरि बिओकेको ५७ तथा लुम्बिनीको ५ वटा एटिएम काउण्टर सञ्चालनमा छन् । बीओकेले छिट्टै नयाँ शाखा बिस्तार गर्ने योजना अघि सारेको छ ।

बीओके र लुम्बिनीको मर्जर सम्झौतासंगै यही कारणले शेयर कारोबार रोकिने बाणिज्य बैंकहरुको संख्या ८ पुगेको छ । यसअघि  मर्जरमा गइसकेका  प्रभु बैंक र ग्राण्ड बैंक अन्तिम स्वीकृतिको पर्खाइमा छन् । त्यसै गरि मेगाले पश्चिमान्चल बिकास बैंकसँग, एनसीसीले चार वटा बिकास बैंकलाई आफुमा गाभ्ने,जनता बैंक र माछापुच्छ्रे बैंकले  मर्जरको सम्झौता गरि प्रकृया अघि बढाइ रहेका छन् ।

यसै गरि नेपाल बंगलादेश बैंकले एउटा डेभ्लपमेन्ट बैंकसँग कुरा चलाईरहेको, कुमारी बैंक मर्जमै जान उपयुक्त पात्र खोज्दै बसेको, सेन्चुरी बैंकलाई पनि मर्जमा नगई नहुने अबस्था रहेको, सिद्धार्थ बैंकलाई चुक्ता पूँजी बढाउन मर्जको बलियो कम्पनी आबश्यक रहेको अबस्था छ ।

बिओके र लुम्बिनीको किन बढ्यो कारोबार ?

...................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।