सेञ्चुरी बैंकको हकप्रद शेयरका लागि आवेदन दिने अन्तिम म्याद आज, आइसीएफसी फाइनान्सले हकप्रदको म्याद थप्ला कि नथप्ला ?

Dec 27, 2015 Mero Lagani

सेञ्चुरी कमर्सियल बैंक (CCBL) ले हकप्रद शेयरका लागि आज बैंकिंग समयसम्मको म्याद थप गरेको छ । पुस १० गतेसम्मका लागि म्याद थप गरेकोमा १० गते सार्वजनिक विदा परेको भन्दै बैंकले शेयरधनीलाई आजसम्मको म्याद दिएको हो ।

यस अघि पनि बैंकले अपेक्षित रुपमा आवेदन नपरे पछि १५ दिन म्याथ थप गरी सुचना मार्फत शेयरधनीलाई हकप्रद शेयर लिन ताकेता गरेको थियो । बैंकले गत कात्तिक १० गतेदेखि मंसिर १४ गते सोमबारसम्मका लागि २५ प्रतिशत अर्थात प्रति ४ कित्ता बराबर १ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । सोही दिन उसले अर्को सुचना प्रकाशित गरि असहज परिस्थितीको कारण देखाउँदै हकप्रद शेयर निष्काशनको म्याद १५ दिन थप गरेको थियो ।

प्रतिकित्ता १ सय रुपैंयाका दरले ५३ करोड रुपैंया बराबरको ५३ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको बैंकले मंसिर २९ गतेसम्म हकप्रदका लागि आवेदन दिन सुचना प्रकाशित गरेर शेयरधनीलाई आग्रह गरेकोमा फेरी १० दिनको समय थप गरिएको थियो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ५५ लाख रुपैंया खुद नाफा गरेको बैंकले यस पटक ७ करोड ४२ लाख रुपैंया खुद नाफा कमाएको छ । २ अर्ब चुक्ता पूँजीलाई समिक्षा अवधिमा २ अर्ब १२ करोड रुपैंया पुर्याएको बैंकको प्रतिशेयर आम्दानी १४ रुपैंया छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा शुन्य दशमलव ४६ प्रतिशत रहेको निष्कृय कर्जा अनुपातलाई यस पटक शुन्य दशमलव ४५ प्रतिशतमा झारेको बैंकले १ करोड ३४ लाख रुपैंया राइट व्याक गरेको छ ।

वाणिज्य बैंकको हकप्रद शेयरमा शेयरधनीको आकर्षण किन घट्यो ? हकप्रद शेयर किन्नका लागि बैंकले गर्न थाले ताकेता

आइसीएफसी फाइनान्सले म्याद थप्ला कि नथप्ला ?

आइसीएफसी फाइनान्स (ICFC) को ५० प्रतिशत शेयर निष्काशनको म्याद मंगलबार सकिंदैछ । गत मंसिर ८ गते मंगलबारदेखि निष्काशन भएको हकप्रद शेयरका लागि अहिलेसम्म ७० प्रतिशतभन्दा धेरै आवेदन परेको फाइनान्सका कम्पनी सचिव सुनिल पन्तले जानकारी दिए । गत कार्तिक ११ गतेसम्म शेयर किनेका शेयरधनीका लागि फाइनान्सले प्रति २ कित्ता बराबर १ कित्ताका दरले हकप्रद शेयर निष्काशन गरेको हो ।

प्रतिकित्ता १ सय रुपैंयाका दरले फाइनान्सले २१ लाख ३४ हजार ८ सय ४५ कित्ता शेयर निष्काशन गरेको हो ।
मेरो लगानीसंग कुरा गर्दै कम्पनी सचिव पन्तले भने ‘हाम्रो हकप्रदनका लागि ७० प्रतिशतभन्दा बढीको आवेदन परिसकेको छ । आइतबार यहि सम्बन्धमा बोर्ड बैठक बस्दैछ, बैंठकले म्याद थप गर्ने नगर्ने सम्बन्धमा निर्णय गर्नेछ ।’

फाइनान्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालय नाचघर तथा फाइनान्सको केन्द्रिय कार्यालयका साथै सबै शाखाहरुबाट शेयरधनीले हकप्रद शेयरको आवेदन दिन सक्ने छन् । यसका अलावा ग्लोबल आइएमई क्यापिटलको नाममा एकाउण्ट पेयी चेक काटेर शेयर धनीले हकप्रद शेयरका लागि ग्लोबल आइएमई क्यापिटलमा हुलाक मार्फत पनि आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ । यसका लागि आवेदकले चेक सहित सबै कागजात ग्लोबल आइएमई क्यापिटल लिमिटेडको पेष्ट बक्स नम्बर २१५९९, नाचघर, जमल, काठमाण्डौंमा पठाउनु पर्नेछ ।

४२ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सेयर जारीपछि पुँजी ६४ करोड रुपैयाँ पुग्ने छ । कम्पनीले २०७४ असार मसान्तसम्म ८० करोड चुक्ता पुँजी पुर्याउने जनाएको छ ।

आइसीएफसी फाइनान्सको ५० प्रतिशत हकप्रद शेयर मंगलबारदेखि निष्काशन

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।