वाणिज्य बैंकको हकप्रद शेयरमा शेयरधनीको आकर्षण किन घट्यो ? हकप्रद शेयर किन्नका लागि बैंकले गर्न थाले ताकेता

Nov 30, 2015 Mero Lagani

मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले चार गुणाले पूँजी बढाउनुपर्ने व्यवस्था गरे पछि बैंक तथा बित्तीय संस्थाले हकप्रद शेयर निष्काशनलाई तिब्र बनाएका छन् । तर शेयरधनी हकप्रद शेयरमा आकर्षित हुन नसके पछि बैंकहरुले सुचना मार्फत ताकेता गर्न थालेका हुन् । यस क्रममा पछिल्लो पटक २ वटा वाणिज्य बैंकले हकप्रद शेयरमा आवेदन दिन दोहोर्याएर सुचना प्रकाशित गरेका छन् ।

केही समय अघि माछापुच्छ्रे बैंक (MBL) ले निष्काशन गरेको २० प्रतिशत हकप्रद शेयरका लागि शेयरधनीले आवेदन नदिए पछि बैंकले १० दिन म्याद थप गरेको थियो । यस पटक पनि सेञ्चुरी कमर्सियल बैंक (CCBL) ले हकप्रद शेयरका लागि अपेक्षित रुपमा आवेदन नपरे पछि १५ दिन म्याथ थप गरी सुचना मार्फत शेयरधनीलाई हकप्रद शेयर लिन ताकेता गरेको छ ।

सेञ्चुरी कमर्सियल बैंकले गत कात्तिक १० गतेदेखि मंसिर १४ गते सोमबारसम्मका लागि २५ प्रतिशत अर्थात प्रति ४ कित्ता बराबर १ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । सोमबार बैंकले अर्को सुचना प्रकाशित गरि असहज परिस्थितीको कारण देखाउँदै हकप्रद शेयर निष्काशनको म्याद १५ दिन थप गरेको छ ।

प्रतिकित्ता १ सय रुपैंयाका दरले ५३ करोड रुपैंया बराबरको ५३ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको बैंकले मंसिर २९ गतेसम्म हकप्रदका लागि आवेदन दिन सुचना प्रकाशित गरेर शेयरधनीलाई आग्रह गरेको हो
गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ५५ लाख  रुपैंया खुद नाफा गरेको बैंकले यस पटक ७ करोड ४२ लाख रुपैंया खुद नाफा कमाएको छ । २ अर्ब चुक्ता पूँजीलाई समिक्षा अवधिमा २ अर्ब १२ख करोड रुपैंया पुर्याएको बैंकको प्रतिशेयर आम्दानी १४ रुपैंया छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा शुन्य दशमलव ४६ प्रतिशत रहेको निष्कृय कर्जा अनुपातलाई यस पटक शुन्य दशमलव ४५ प्रतिशतमा झारेको बैंकले १ करोड ३४ लाख रुपैंया राइट व्याक गरेको छ ।

माछापुच्छ्रे बैंकले पनि प्रति ५ कित्ता बराबर १ कित्ताको अनुपातमा २० प्रतिशत अर्थात ५५ लाख ५२ हजार ५ सय ९३ कित्ता हकप्रद शेयर कात्तिक २२ गतेसम्मका लागि निष्काशन गरेको थियो ।

कात्तिक १६ गते नै बैंकले सुचना प्रकाशित गरि मंसिर २ गतेसम्मका लागि म्याद थप गरिएको भन्दै हकप्रदका लागि आवेदन दिन आग्रह गरेको थियो । त्यस पछि मंसिर २ गते पनि बैंकले सुचना प्रकाशित गरि अन्तिम दिन हकप्रद आवेदनका लागि आग्रह गरेको थियो ।

देशमा जारी नाकाबन्दीको प्रभावले लगानीकर्ताहरु निर्धारित समयमा सम्बन्धित स्थानमा पुगेर हकप्रदको आबेदन भर्न कठिनाई भएको कारणले बैंकहरुले हकप्रद भर्ने समय बढाउनु परेको बताईएको छ । अर्को तर्फ शेयर बजार हाल घट्दो क्रममा रहेकाले पनि लगानीकर्ताले हकप्रद भर्ने तर्फ त्यति चासो नदेखाएको पाईएको छ ।

 यस भन्दा अघि पनि बैंक तथा बित्तीय संस्थाहरुको सबै हकप्रद शेयर बिक्री नहुने गरेकोले बढी भन्दा बढी हकप्रद किन्न लगानीकर्ताहरुलाई थप समय उपलब्ध गराउने गरिएको थियो । तोकिएको समयमा बिक्री नभएका हकप्रद शेयरलाई पछि लिलाममार्फत बिक्री गर्दा बैंक तथा बित्तीय संस्थाहरुलाई झन् फाईदा नै हुने गरेको थियो किनभने लगानीकर्ताले हकप्रद भर्दा प्रति कित्ता एक सय रुपैयाँमा किन्न पाउँछन् भने लिलाम हुँदा त्यो बजार मूल्यको हाराहारीमा बिक्री हुन गई बैंक तथा बित्तीय संस्थाहरुलाई झन् धेरै फाईदा हुने र प्रति कित्ता एक सय रुपैयाँ भन्दा बढी रकम पूँजी जगेडा कोषमा राखेर अर्को बर्ष बोनस तथा लाभांश खान पाउँछन् । 

 

माछापुच्छ्रे बैंकको हकप्रद शेयर खरिदका लागि ताकेता

माछापुच्छ्रेको हकप्रद भर्नुभयो ? मौका नचुकाउनुस, एक दिन मात्र बाँकी छ

६ वटा बाणिज्य बैंकको पहिलो त्रैमासमा यस्तो उथल-पुथल

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।