इन्भेष्टमेण्ट बैंकको एफपिओका लगानीकर्तालाई भने यो निर्देशनले कुनै असर नपार्ने पक्का भएको नागरिक लगानी कोषले जनाएको हो । बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक रहेको कोषले दिएको जानकारी अनुसार बोर्डले दिएको निर्देशन अब निष्काशन हुने शेयरमा मात्र लागू हुने र एफपिओमा यो लागू नहुनेछ ।
कोषका प्रवक्ता शुसिल अर्यालले मेरोलगानीसंग कुरा गर्दै भने ‘काम सकिए पछि बोर्डले निर्देशन जारी गरे पनि यो व्यवहारिक हैन । हामीले सस्ंथापक शेयरधनीको विषयलाई त मिलायौं, यसमा मिलाउन सक्ने विषय छैन । बोर्ड लगायत निकायसंगको छलफल पछि निर्देशनमा ल्याइएको कुरा इन्भेष्टमेण्ट बैंकको एफपिओमा लागू हुँदैन । सबै लगानीकर्ता ढुक्क हुनु भए हुन्छ ।’
उता लगानीकर्ताले भने सामाजिक सञ्जालमा बोर्डको कार्यशैलीको चर्चा धेरै गरेका छन् । निर्धारित मितिमा शेयर बाँडफाँडका लागि निरन्तर फलोअप गरिरहेको बोर्डले अहिलेको व्यवस्था अनुसार चेक क्लियरिंग पनि ६ दिन भित्रमा जसरी पनि गराईसक्न किन बाध्यकारी व्यवस्था गरेको छैन ? व्यवस्थामा भए अनुसार एउटा आवेदनमा एउटा चेकको प्रयोगलाई विगतमा किन अनिवार्य गराउन सकेन र शेयर निष्काशनका दौरान लगानीकर्ताको मर्मविपरित आफुले जिम्मेवारी नलिकन निर्देशन मात्र जारी गर्दैछ ? सामाजिक सञ्जालमा लगानीकर्ताले गरेको चर्चा परिचर्चा ।
बोर्डले निर्देशन जारी गरे पश्चात सबैलाई उक्त निर्देशन लागू हुने बताए पनि सल्लाह सुझाव, छलफल अनि समन्वय नगरि निर्देशन जारी गरेका कारण एफपिओ प्रकृयामा उक्त निर्देशन लागू नहुने गरि पछि सरेको बुझिएको छ । लगानीकर्ताको अन्यौलतालाई मध्यनजर गर्दै अहिले निर्देशनबाट पर सरेको बोर्डले आगामी दिनमा भने यसलाई लागू गराउने छ । यसका लागि बोर्डले निर्देशिका संसोधन गरि अब निष्काशन हुने शेयरका लागि भने अनिवार्य गराउने बुझिएको छ ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
....................................................................................................................................................................
जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?