मुक्तिनाथको यस्तो प्रगतिबाट के बुझने ?

Apr 23, 2017 merolagani

पूँजी वृद्धिको चटारोसँगै आम्दानीलाई सन्तुलनमा राख्न हम्मे हम्मे परिरहेका बेला मुक्तिनाथ विकास बैंक (MNBBL) ले सुधारिएको वित्तीय विबरण निकालेको छ । गत आर्थिक वर्षमा ५० प्रतिशत हकप्रद तथा अघिल्लो आर्थिक वर्षको ३४ प्रतिशत बोनस गरी ८४ प्रतिशतले पूँजी बढाएको बैंकले खुद नाफा ४३ प्रतिशतले बढाएको विबरण सार्वजनिक गरेको हो ।

लघुवित्त क्षेत्रमा समेत प्रभावकारी रुपमा व्यवशाय गरिरहेको बैंकले समिक्षा अवधिमा २४ करोड ८२ लाख रुपैंयाको खुद नाफालाई बढाएर ३५ करोड ५१ लाख रुपैंया पुर्याएको छ । यस अवधिमा बैंकको चुक्ता पूँजी ८३ करोड ८४ लाख रुपैंयाबाट एक अर्ब ५४ करोड २७ लाख रुपैंया पुगेको छ । 

मुक्तिनाथले समिक्षा अवधिमा ४८ करोड १८ लाख रुपैँयाको व्याज आम्दानीलाई ५१।७० प्रतिशतले बढाएर ७३ करोड १० लाख पुर्याएको छ । बैंकको सञ्चालन आम्दानीमा समेत ४७ प्रतिशतले बढेको छ । यस क्रममा बैंकले चैतको अन्त्यसम्ममा १५ अर्ब १४ करोड ८३ लाख रुपैँया निक्षेप संकलन गरेर १४ अर्ब १७ करोड ४८ लाख रुपैँया कर्जा परिचालन गरेको छ ।

हकप्रद र बोनस बितरण गर्दै गर्दा पनि बैंकले आफ्नो जगेडा कोषको आकार ३९ करोड २८ लाख रुपैंयाबाट बढाएर ६३ करोड ४८ लाख रुपैँया पुर्याएको छ । यसबाट बैंकले अझै पनि लगानीकर्तालाई राम्रो प्रतिफल दिन सक्ने आधार बनाएको छ ।

कमाईमा निरन्तर भएको बढोत्तरीका कारण बैंकको प्रतिसेयर आम्दानी ३० रुपैंया ६९ पैसा कायम भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा उसको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ४९ पैसा थियो । ८४ प्रतिशतले पूँजी बढ्दा प्रतिसेयर आम्दानीमा आएको सामान्य संकुचनले पूँजी वृद्धिसँगै बैंकको व्यवशाय बिस्तार अघि बढेको देखिन्छ । बैंकको यस्तो प्रगतिबाट लगानीकर्ताले अपेक्षा गर्ने आधारहरु पनि प्रशस्त देखिन्छ ।

बैंकको अर्को सबल पक्ष निष्कृय कर्जामा भारी सुधार हुनु पनि हो । गत आर्थिक वर्षको यसै अवधिमा शुन्य दशमलव ४१ प्रतिशतमा रहेको यस्तो कर्जा अनुपातलाई बैंकले यस पटक शुन्य दशमलव १० प्रतिशतमा सिमित गराएको छ । यसले गर्दा बैंकको कर्जा जोखिमको सम्भावना न्युन रहेको आँकलन गर्न सकिन्छ ।

बैंकको मूल्य आम्दानी अनुपात ३४।१४ गुणा बढी छ भने पूँजीकोष अनुपात १४।९७ प्रतिशत, प्रतिसेयर नेटवर्थ १४० रुपैँया ७४ पैसा छ । तरलता अनुपात २०।३९ प्रतिशत रहेको बैंक आफैं चुक्ता पूँजी दुई अर्ब ५० करोड रुपैंया पुर्याउन ४० प्रतिशत हकप्रद निष्काशनको प्रकृयामा छ । साधारण सभाबाट पारित भैसकेको प्रस्ताव धितोपत्र बोर्डमा स्वीकृतिका लागि जाँदैछ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।