मुक्तिनाथ विकास बैंकको शाखा भरतपुरको पार्वतीपुरमा

Jun 09, 2017 merolagani

मुक्तिनाथ विकास बैंकले भरतपुर महानगरपालिका वडा नं. २१, पार्वतीपुर शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको समुद्घाटन चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले गरे ।




सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकले नेपाली समाजको आवश्यकता अनुसारका कृषि क्षेत्रको विकास र विस्तार, उद्योग व्यवसाय प्रबद्र्धनको लागि उपयुक्त वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको बताए ।

“जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ” भन्ने मान्यतालाई आत्मसात गर्दै बैंकले कुल ५९ वटा शाखा मार्फत१ लाख भन्दा बढी लघुवित्त सदस्यहरु सहित कुल ३ लाख भन्दा बढी सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गरी रहेको छ ।

बैँकले हालसम्म कुल १५ अर्ब ३० करोड निक्षेप संकलन गरी रु. १४ अर्ब २६ करोड कर्जा लगानी गरेको छ । साथै बैंकले सेयर कारोवार गर्ने लगानीकर्ताहरुको लागिसेवा निःशुल्क रुपमा प्रदान गर्दै आईरहेको जानकारी दिएको छ ।

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।