यस कारण रोकियो हिमालयन डिष्टीलरीको सेयर कारोबार

Nov 23, 2017 Merolagani

हिमालयन डिष्टीलरी (HDL) को सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेञ्जले डिष्टीलरीले गरेका निर्णय ढिलो गरी नेप्सेमा पठाएको भन्दै सेयर कारोबार रोक्का गरेको हो । कम्पनीले यस अघि नै सूचना चुहावट गरेको भन्दै यसमा थप अनुसन्धान हुने भएको छ ।

गत कात्तिक २९ गते डिष्टीलरी सञ्चालक समितिको बैठक बसेको थियो । उक्त बैठकले साधारण सभाको मिति तय गर्दै लाभांस प्रस्ताव गरेको थियो । तर कम्पनीले उक्त सूचना ६ गते बिहीबार मात्र नेपाल स्टक एक्सचेञ्ज मार्फत सार्वजनिक गरेको थियो ।

नेप्सेले कम्पनीको कृयाकलाप संकास्पद भएको भन्दै कारोबार रोकिएको जनाएको छ । सञ्चालक समितिले गरेको निर्णय ढिलो नेप्सेलाई पठाएको हुनाले सोको अनुसन्धानका लागि कारोबार रोक्का गरिएको नेप्सेले मेरोलगानीलाई बताएको छ । अब कहिले कारोबार सुचारु हुन्छ भन्ने निश्चित छैन ।

डिष्टीलरीले मंसिर २९ गते बीरगञ्जमा साधारण सभा बोलाएको छ । गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई २१.०५ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव कम्पनीले गरेको छ । लाभांस प्रस्ताव गरेको सातासम्म सोको निर्णय सार्वजनिक नगर्नुले इन्साइडर ट्रेडिगं भएको अनुमान गरिएको छ । कम्पनीले साधारण सभाका लागि मंसिर १५ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्दैछ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।