कालिका माइक्रो क्रेडिटको सेयरमूल्य समायोजन

Feb 18, 2018 Merolagani

कालिका माइक्रो क्रेडिट लघुवित्त (KMCDB) को आईतबार सेयरमूल्य समायोजन भएको छ । कम्पनीको २१.२१ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो ।

नेपाल स्टक एक्सचेञ्जले २१.२१ प्रतिशत बोनसपछि लघुवित्तको सेयरमूल्य प्रतिकित्ता एक हजार ३५३ रुपैयाँ निर्धारण गरेको छ । यसै मूल्यलाई आधार मानेर कम्पनीको सेयर कारोबार खुलेको छ ।

लघुवित्तको १८० दिनको सेयर कारोबारको आधारमा औसत आधार मूल्य एक हजार ९६ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।

बोनस पारित गर्न फागुन १९ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । बोनसपछि कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको ६ महिना अवधिमा कम्पनीले ६५ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।