नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

May 02, 2019 Tirtha Raj Poudyal

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) को बैशाख १९ गते शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जले नेपाल लाइफको गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको बोनसपछि शेयरमूल्य समायोजन गरेको हो।

नेप्सेका अनुसार २५ प्रतिशत बोनसपछि इन्स्योरेन्सको शेयरमूल्य एक हजार १६ रुपैयाँ ८० पैसामा कायम भएको छ। समायोजित शेयरमूल्यलाई आधार मानेर बिहीबार कारोबार खुलेको छ।शेयरमूल्य समायोजन पश्चात कम्पनीको शेयरमूल्य घटेको छ ।

इन्स्योरेन्सको औसत आधारमूल्य भने १३५० रुपैयाँ ९० पैसा छ । 

इन्स्योरेन्सले आगामी जेठ ४ गते शेयरधनीलाई २५ प्रतिशत बोनस तथा २३.५० नगद लाभांश गरि कूल ४८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्दैछ ।

साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्सले बैशाख १९ गते बुकक्लोज गरेको हो।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।