रिलायन्स फाइनान्सको शेयरमूल्य समायोजन

May 27, 2019 Merolagani

रिलायन्स फाइनान्स (RLFL) को नेपाल स्टक एक्सचेञ्जमा सोमबार शेयरमूल्य समायोजन भएको छ। गत दुई आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांशका लागि सोमबार बुकक्लोज गरेसँगै नेप्सेले फाइनान्सको शेयरमूल्य समायोजन गरेको हो।

नेप्सेले १२ प्रतिशत बोनस पश्चात फाइनान्सको प्रतिकित्ता १२५ रुपैयाँ ८९ रुपैयाँमा शेयरमूल्य समायोजन गरेको हो। सोमबार समायोजित शेयरमूल्यलाई आधार मानेर फाइनान्सको शेयर कारोबार खुला हुनेछ। यस अनुसार जेठ १२ गते सम्म कायम शेयरधनीले मात्रै फाइनान्सको लाभांश पाउनेछन्।

नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा कम्पनीको औसत आधारमूल्य १५० रुपैयाँ ९५ पैसा रहेको छ।

रिलायन्सले लाभांश तथा मर्जर वा प्राप्ती सहित जेष्ठ २७ गते आठौं र नवौं वार्षिक साधारण सभा बोलाएको छ। फाइनान्सले लैनचौर ब्याङक्वेट, काठमाडौंमा दिनको ११ बजे एकैदिन दुई आर्थिक वर्षको साधारण सभा बोलाएको हो ।

फाइनान्सले आर्थिक वर्ष २०७३/०७४ को संचित मुनाफाबाट कुल चुक्ता पूँजी १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद लाभांश पारित गर्न साधारण सभा बोलाएको हो। यस्तै त्यस आव २०७४/०७५ को मुनाफाबाट बोनसपछि कायम चुक्ता पूँजी ८३ करोड २४ लाख रुपैयाँको २.६३ प्रतिशत अर्थात २ करोड १९ लाख रुपैयाँ नगद लाभांश समेत पारित गर्न तयारी गरेको छ।

साधारण सभाबाट १०ः४.५ प्रतिशत हकप्रद शेयर बिक्री र बोनस शेयर वितरण पश्चात चुक्ता पूँजी ८३ करोड २४ लाख रुपैयाँ कायम हुनेगरी प्रबन्धपत्र संसोधन गर्न संचालक समितिलाई अख्तियारी दिने तयारी गरेको छ।

यस्तै कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने (मर्जर) वा विलय (एक्वीजिसन) गर्न डिडिए गर्न, नियमक निकायबात स्वीकृत लिन तथा सम्पुर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी दिनेछ।

यसैगरी साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको समुहबाट ३ प्रतिनिधित्व गर्ने गरी ६ जना संचालकको चयन गर्नेछ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।