शाइन रेसुङ्गाको कमाईमा ब्याज खर्च बाधक, नाफा ३ करोडले घट्यो

Apr 29, 2018 Merolagani

चालु अर्थिक बर्षको तेस्रो त्रैमासमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक (@SHINE@) ले २३ करोड ७२ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ । गत बर्षको सोही अवधिको तुलनामा खुद नाफा ३ करोड १८ लाख रूपैयाँले कमी हो । चर्को ब्याज खर्चले बैंकको नाफामा भारी गिरावट आएको देखिन्छ ।

गत बर्ष ७९ करोड ८० लाख ब्याज आम्दानी गर्दा २९ करोड ७० लाख ब्याज खर्च तिरेको बैंकले यो बर्ष १ अर्ब १२ करोड ब्याज आम्दानी गर्दा ब्याज खर्चमै ६५ करोड ९६ लाख तिर्नु परेको छ ।

ब्याज खर्च , कर्मचारी र अन्य खर्च बढेपछि त्यसको असर खुद नाफामा देखिएको हो ।

समीक्षा अवधिमा बैंकले ०.२६ प्रतिशत कर्जालाइ ०.१६ प्रतिशतमा ल्याउन सफल देखिन्छ ।

तेश्रो त्रैमाससम्म आइपुग्दा बैंकले कम्पनीले १२ अर्ब ८५ करोड ६१ लाख रूपैयाँ निक्षेप संकलन गरेको छ भने ११ अर्ब ४६ करोड लगानी गरेको छ ।

अहिले बैंकसँग चुक्ता पूँजी एक अर्ब ३७ करोड ८६ लाख रूपैयाँ रहेको छ भने जगेडा काेषमा ५० करोड ३० लाख रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी बार्षिक २२.९४ रूपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १३६.७३ रूपैयाँ छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।