पूँजी वृद्धिको असर भार्गव विकास बैंकको प्रतिसेयर आम्दानीमा

May 14, 2018 Merolagani

भार्गव विकास बैंक (BHBL) ले चुक्ता पूँजी १७७ प्रतिशतले बढाएपश्चात पूँजी वृद्धिको अनुपातमा नाफा प्रतिशत बढ्न नसक्दा बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६६ पैसा घटेको छ । गत बर्ष तेश्रो त्रैमासमा बैंकको इपिएस २२ रुपैयाँ ५७ पैसा रहेकोमा ९ रुपैयाँ ९१ पैसामा झरेको छ ।

चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा भार्गव विकास बैंकले खुद नाफा २ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ । गत बर्षको तेश्रो त्रैमासमा दुई करोड ४३ लाख रुपैयाँ आर्जन गरेको थियो । बैंकको नाफा झण्र्ड १० प्रतिशत बढेको हो । 

३९ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले जगेडा कोषमा ९ करोड ९४ लाख रुपैयाँ सञ्चित गरेको छ । गत बर्ष भन्दा ४३.९७ प्रतिशत बढी दुई अर्ब ५८ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन गर्दा ५२.८८ प्रतिशत बढी दुई अर्ब २० करोड २४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

बैंकले यस बर्षको तेश्रो त्रैमाससम्ममा २२ करोड १४ लाख रुपैयाँ ब्याज आम्दानी गर्दा १५ करोड ९ लाख रुपैयाँ ब्याज खर्च गरेको छ । यसबाट बैंकलाई ७ करोड ५ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ ।

बैंकको कर्मचारी खर्च, अन्य सञ्चालन खर्च र सम्भावित कर्जा नोक्सानी व्यवस्थाको लागि रकम छुट्याएर ४ करोड १९ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।

बैंकको खराब कर्जा ०.१५, पूँजीकोष अनुपात २०.२४, र आधार ब्याजदर १२.८५ प्रतिशत रहेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।