सिन्धु विकास बैंकको नाफामा २९ प्रतिशत फल डाउन

May 16, 2018 Merolagani

चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा सिन्धु विकास बैंक (SINDU) को खुद २९ प्रतिशतले घटेको छ । गत बर्षको तेश्रो त्रैमासमा बैंकले दुई करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा बैंककाे नाफा एक करोड ८१ लाखमा खुम्चिएको हो ।

समीक्षा अवधिमा बैंकले २६ करोड २१ लाख रुपैयाँको चुक्ता पूँजी ४१ करोड ८१ लाख पुर्याएको छ । बैंकले व्यवसाय विस्तार गर्न नसक्नु, ब्याज खर्चमा भएको बढोत्तरी र कर्मचारी खर्च र अन्य सञ्चालन खर्चको बोझ बढ्दा पूँजी वृद्धिकाे असर बैंककाे प्रतिसेयर आम्दानीमा संकुचन ल्याउने कारण बनेको छ । 

गत बर्ष चैतमा १२ रुपैयाँ ९९ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७८ पैसामा झरेको छ भने भने अन्य सूचकहरु खराब कर्जा अनुपात १.३६ प्रतिशतमा बढेकाे छ । बैंककाे प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ५८ पैसा र मूल्य आम्दानी अनुपात २६.७९ गुणा रहेको छ ।

चालू आवको ९ महिना अवधिमा बैंकले एक अर्ब ९७ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरेर एक अर्ब ५१ करोड ५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकको कर्जा विस्तार ११.४८ प्रतिशतले र निक्षेप ३१.२० प्रतिशतले बढाएको छ । जगेडा कोष पाँच करोड ८२ लाखबाट बढेर ९ करोड ४४ लाख रुपैयाँ सञ्चित रहेको छ ।

यस बर्षको तेश्रो त्रैमाससम्ममा बैंकले १५ करोड १० लाख रुपैयाँ ब्याज आम्दानी गरेर ७ करोड ७० लाख रुपैयाँ ब्याज खर्च गरेको छ । बैंकले गत बर्षभन्दा ३ करोड ६४ लाख रुपैयाले बढी ब्याज खर्च गरेको छ भने खुद ब्याज आम्दानी एक लाख मात्र बढाएर ७ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ ।

बैंकले कर्मचारी खर्च एक करोड ८४ लाखबाट दुई करोड ५० लाख पुगेको छ भने अन्य सञ्चालन खर्च ६३ लाख बढी दुई करोड ७३ लाख रुपैयाँ गरेको छ । यस अवधिमा बैंकले दुई करोड ८५ लाख सञ्चालन मुनाफा गरेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।