एनएमबिको एफपिओ सर्वसाधारणबाटै विक्री हुने देखिएन छाँटकाँट

Jun 17, 2018 Merolagani

एनएमबि बैंक (NMB) ले जेठ ३० गतेदेखि निष्काशन गरेको थप सार्वजनिक निष्काशन (एफपिओ) सर्वसाधारण लगानीकर्ताबाटै विक्री नहुने छाँटकाँट देखिएको छ । अहिलेसम्म बैंकको एफपिओमा सर्वसाधारणले २२ प्रतिशत मात्र माग गरेका छन् । 

अाइतबार सबै सेयर बिक्री नहुने देखिएपछि सोमबारदेखि संस्थागत लगानीकर्तालाई समेत खुला हुने भएको छ । एफपिओमा लगानी गर्ने सर्वसाधारण लगानीकर्ता धेरै भएपनि अधिकांश लगानीकर्ताले १० कित्ता सेयर माग गरेपश्चात न्यून विक्री भएको हो । 

प्रबन्धक नागरिक लगानी कोषका अनुसार एफपिओमा आइतबार ११ बजेसम्म ३७ हजार ५०० आवदेकबाट ३१ लाख ५३ हजार कित्ताका लागि एक अर्ब पाँच करोड रुपैयाँको आवेदन परेको छ । अझै दुई अर्ब ७५ करोड रुपैयाँको एफपिओ विक्री हुन बाँकी छ । आइतबार पनि सबै अावेदन नपरे निष्काशित एफपिअाे बिक्री नभएसम्मका लागि लगानीकर्ताले अावेदन दिन सक्नेछन् ।

सोमबारदेखि संस्थागत लगानीकर्ताहरु सामूहिक लगानी कोष, विभिन्न इन्भेष्टमेन्ट कम्पनी, र बीमा कम्पनीले पनि आवेदन गर्न पाउने भएकाले बैंकको एफपिओ सबै विक्री हुनेमा विश्वस्त रहेको नागरिक लगानी कोषका रमेश थापाले मेरोलगानीलाई बताए ।

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३३३ रुपैयाँमा एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशन गरेको हो । हाल एननएमबीको दोस्रो बजारमा प्रतिकित्ता ३७२ रुपैयाँमा कारोबार भईरहेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५७ हजार ७० कित्तासम्म आबेदन गर्न सकिने बैंकको शेयर निश्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ । मेरो शेयर प्रयोकर्ताले भने घरमै बसेर इन्टरनेटको माध्यमबाट आवेदन दिन सक्नेछन् ।

बैंकले संस्थापकको ५१ र सर्बसाधारणको ४९ प्रतिशत हिस्सेदारी कायम गर्न एफपिओ बिक्री गर्न लागेको हो । एफपिओबाट बैंकले २ अर्ब ६५ करोड रुपैयाँ प्रिमियम संकलन गर्नेछ भने एक अर्ब १४ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी थपिनेछ ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ रहेको छ । एफपिओ जारी पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख नाघ्नेछ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न बैंकले थप ४० करोड रुपैयाँ पूँजी विस्तार गर्नेछ ।

यस्तो छ बैंकको वित्तीय अवस्था

एनएमबि बैंक संचालनमा रहेका वाणिज्य बैंकहरुमध्ये मध्यमस्तरको बैंकको हो । बैंकमा नेदरल्याण्डको एफएमओ विदेशी साझेदारका रुपमा रहेको छ । जसको प्रगति उत्साहजनक नै छ । गतबर्ष एक अर्ब १५ करोड खुद नाफा कमाएको बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमास अर्थात चैत्रसम्म एक अर्ब ४१ करोड खुद नाफा कमाएको छ ।


६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ चुक्तापूँजी भएको बैंकको जगेडा कोषमा पाँच अर्ब ६३ करोड छ । एफपिओ बिक्री पश्चात दुई अर्ब ६५ करोड प्रिमियम संकलन हुनसक्छ । जसले उसको जगेडाकोष अझै मजबुत बन्नेछ ।

गत चैत्रसम्म बैंकले ८५ अर्ब २९ करोड निक्षेप संकलन गरेर ७४ अर्ब १ करोड कर्जा परिचालन गरेको छ ।

उसको कर्जा पूँजी निक्षेप अनुपात ७५.३३ प्रतिशत, निस्क्रिय कर्जा अनुपात १.१० प्रतिशत, पूँजी कोष १२.९३ प्रतिशत छ ।

बैंकको प्रतिशेयर आम्दानी २९ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ, इक्विटीमा प्रतिफलको अनुपात १७ प्रतिशत छ । मूल्य आम्दानी अनुपात १५.२९ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।