बैंकको एफपिओ निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार विक्री खुला भएको १९ दिनमा १३ लाख ८४ हजार ४३० कित्ता एफपिओ विक्री भएको छ । जुन कूल निष्काशित एफपिओको ७.८३ प्रतिशत मात्र हो ।
बैंकले असार १५ गते शुक्रबारदेखि एक सय रुपैयाँ फेस भ्यालूमा १८० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८० रुपैयाँ एफपिओ निष्काशन गरेको हाे ।
नेपाल बैंकले ४ अर्ब ९५ करोड १७ लाख ६० हजार २४० रुपैयाँको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ निष्काशन गरेको हो ।
एफपिअाेमा लगानीकर्ताले न्युनतम ५० कित्तादेखि अधिकतम सीमाभित्र रहने गरी १० कित्ताको गुणाङ्कमा अधिकतम कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था रहेको छ ।
एनएमबि बैंकको अवस्थालाई मध्यनजर गर्दे नेपाल बैंकको एफपिओ भने खुलेको दिनदेखि नै संस्थागत लगानीकर्ताले पनि आवेदन खुला गरिएको थियो । तर हालसम्म संस्थागत लगानीकर्ताबाट आवेदन नपरेका कारण निकै कम मात्र एफपिओ विक्री भएको छ । बैंकको एफपिओ साउन १३ गतेससम्म जारी हुने विक्री प्रबन्धकले जनाएको छ ।
हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । एफपिओ निष्कासनपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्नेछ । एफपिओबाट बैंकलाई तीन अर्ब १८ करोड रुपैयाँ प्रिमियम प्राप्त हुनेछ भने एक अर्ब ७६ करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजी बढ्नेछ ।
सरकारी स्वामित्व घटाएर ५१ प्रतिशतमा झारेर सर्वसाधारण सेयर स्वामित्व ४९ प्रतिशत कायम गर्न एफपिओ विक्रीमा ल्याएको बैंकले जनाएको छ । त्यस्तै वित्तीय तथा आर्थिक गतिविधिलाई विस्तार गर्दे बैंकको सेवा विस्तार गर्ने उदेश्यका साथ एफपिओ विक्री ल्याएको बैंकको भनाई छ ।
बैंकको एफपिओलाई केयर नेपालले केयर एनपि आईपिओ ग्रेड ३ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको अवस्था औषत आधार रहेको जनाउँछ ।
अन्तिम दिनसम्म पनि नबिके के हुन्छ ?
धितोपत्र बोर्डको व्यवस्था अनुसार थप सार्वजनिक निष्काशनमा शतप्रतिशत प्रत्याभूति (अण्डरराईटर) गर्नुपर्ने व्यवस्था रहेको छ । यसअनुसार नेपाल बैंकको एप,पिओमा पनि ८ मर्चेन्ट बैंकले अण्डरराइटिङ्ग गरेका छन् ।
नेपाल धितोपत्र बोर्डको व्यवस्था अनुसार एफपिओमा शतप्रतिशत प्रत्याभूति (अण्डरराइटिङ) गर्नुपर्ने व्यवस्था रहेको छ । नेपाल बैंकको एफपिओमा पनि ८ मर्चेन्ट बैंकले प्रत्याभूति गरेका छन् ।
निष्काशन भएको एफपिओ विक्री नभए अण्डरराइटरले नै किन्नुपर्ने हुन्छ ।
कुन मर्चेन्ट बैंकले कति गरेका छन् प्रत्याभूति ?
नेपाल बैंकले सीबिआईएल क्यापिटलले सबैभन्दा धेरै एक अर्ब १५ करोड ३८ लाख रुपैयाँको प्रत्याभुति गरेका छन् ।
त्यसैगरि ग्लोबल आईएमई क्यापिटलले एक अर्ब १३ करोड ४० लाख, एनआईबिएल एस क्यापिटलले ८९ करोड ९७ लाख, सिभिल क्यापिटलले ४५ करोडको प्रत्याभूति गरेका छन् ।
यस्तै लक्ष्मी क्यापिटल मार्केट्सले ४५ करोड, सनराइज क्यापिटलले ३६ करोड, सानिमा क्यापिटलले २७ करोड र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले २३ करोड ४० लाख रुपैयाँ बराबरको एफपिओ प्रत्याभूति गरेका हुन् ।