एनएमबि बैंकको एफपिओ: संस्थागतको चासो धेरै, आवेदन थाेरै

Jun 25, 2018 Merolagani

एनएमबि बैंकको एफपिओमा संस्थागत लगानीकर्ताहरुले चासो धेरै दिएपनि आवेदन भने अपेक्षित नगरेको देखिएको छ । संस्थागत लगानीकर्तालाई निष्काशन खुला भएको एक सातामा संस्थागत लगानीकर्ताबाट ६० करोड हाराहारीमा मात्र आवेदन पर्नुले नै यसलाई पुष्टि गर्दछ ।

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक नागरिक लगानी कोषले जेठ ३० गतेदेखि सर्वसाधारणको लागि आवेदन खुला गरेकोमा असार ४ गते सोमबारदेखि संस्थागतलाई खुला गरेको थियो । 

एफपिओमा आवेदन गर्न पाउने अधिकतम सीमा बढाउन विक्री प्रबन्धकसँग लबिङ गरेर ५० लाख कित्ता पुर्याएपनि आवेदन भने ७० संस्थागत लगानीकर्ताले ६० करोडको मात्र गरेका छन् । असार ३ गतेसम्म सर्वसाधारणबाटै एक अर्ब ८० करोडको एफपिओ विक्री भैसकेको थियो । 

धिताेपत्र बोर्डले एफपिओ निष्काशनमा संस्थागत लगानीकर्तालाई तोकेको अधिकतम सीमा हटाएपछि संस्थागत लगानीकर्ताको आवेदन पर्ने अनुमान बिक्री प्रबन्धकले गरेको थियो । तर अपेक्षाकृत आबेदन नपरेकाे हाे ।

आइतबार र सोमबारमा ७ करोडको मात्र आवेदन पर्नुले तथा संस्थागतका लागि खुल्ला गरेको एक हप्तामा ७० आबेदन मात्रै परेकाले ठूला संस्थागतले एफपिओमा चासो बढी आवेदन न्यून गरेको देखिन्छ ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले दिएको तथ्याङ्क अनुसार सोमबार बेलुका पाँच बजेसम्म बैंकको एफपिओमा कूल दुई अर्ब ४२ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । ६१ हजार ३०० जना आबेदकबाट ७२ लाख ६७ हजार कित्ता एफपिओका लागि आवेदन परेको हो ।

बैंकको एफपिओ अझै ४१ लाख ४४ हजार कित्ता अर्थात एक अर्ब ३८ करोड बढी रुपैयाँको विक्री हुन सकेको छैन । एफपिओ आवेदन गर्ने अन्तिम दिन असार २८ गते रहेको छ । बैंकले जेठ ३० गतेदेखि एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशन गरेको हो ।

बैंकले राष्ट्र बैंकले तोकेको न्युनतम चुक्ता पूँजी कायम गर्न १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता ३३३ रुपैयाँको दरमा एफपिओ निष्काशन गरेको हो ।

एफपिओ बिक्री पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्नेछ भने दुई अर्ब ६५ करोड रुपैयाँ प्रिमियम जगेडा कोषमा सञ्चित हुनेछ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।