चेम्बर अफ कमर्श भन्छ, 'मौद्रिक नीति आर्थिक वृद्धि लक्षित छ' (भिडियो)

Jul 11, 2018 Merolagani

चेम्बरका उपाध्यक्ष कमलेस अग्रवालले बैंकहरुको स्प्रेडदर घटेकाले दुई प्रतिशतसम्म ब्याजदर घट्ने सक्ने आंकलन गरेका छन् । सिआरआर ४ प्रतिशतमा घटेकाले ४८ अर्ब तरलता बढेकोमा खुसी व्यक्त गरेका उनले भारतीय मुद्रामा बाणिज्य बैंकले कर्जा लिन पाउने व्यवस्थाले तरलतामा सुधार आउने अपेक्षा गरेका हुन् ।

मुलुकको आर्थिक वृद्धि लक्षित मौद्रिक नीति आएको बताउँदै अग्रवालले बैंकहरुको सिआरआर र एसएलआर घटाइएकाले व्याजदर स्वत कम भएर लगानीमा उत्साह बढ्ने बताए ।

ओभर ड्राफ्ट धेरै किसिमका भएकाले व्यक्तिगत ओभरड्राफ्टमा ल्याइएको संकुचन सामान्य विषय भएको उनको भनाई थियो ।

मौद्रिक नीतिका सम्बन्धमा अग्रवालले राखेका बिचार भिडियोमा हेर्नु होस् ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।