अर्थविद् अनलराज भट्टराईको नजरमा मौद्रिक नीति (भिडियो सहित)

Jul 11, 2018 Merolagani

अर्थविद् अनलराज भट्टराइले ब्याजदरको मुभमेन्टलाई केही हदसम्म सम्बोधन गर्ने किसिमको व्यवस्था मौद्रिक नीतिले गरेको बताएका छन् । बैंक तथा वित्तीय संस्थाको बेस रेटमा कमी ल्याउन सिआरआर घटाउने नीति ल्याइएको उनको भनाई छ ।

यसबाट वित्तीय संस्थाको निक्षेपको कस्ट अफ होल्डिङ्ग घट्ने भएकाले बैंकहरुलाई कर्जा प्रवाह गर्न केही असहज हुने भए पनि वित्तीय संस्थाले प्रिमियम थप्नुपर्ने अवस्थामा प्रमियममा आधारदर कम हुने उनको भनाई छ ।

बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत ५० लाख रुपैयाँसम्म कर्जा पाउनेमा दुई किसिमको अवस्था हुँदा व्यक्तिगत कर्जा प्रवाहमा दिएको रकम सहि ठाउँमा सदुपयोग नभएकाले मौद्रिक नीतिबाट यसलाई घटाइएको उनको बुझाई छ । तर कतिपय साना तथा मझौला कर्जा प्रवाह गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुले स्टक्चरल लोन दिन नसक्ने अवस्थामा व्यक्तिगत कर्जाबाट जानुपर्ने अवस्था आउने उनको भनाई छ ।

बैंकको लोन दिने क्षमता बढाउने भन्दा पनि बैंकहरुको ब्याजदरलाई नियन्त्रण गर्न मौद्रिक नीति केन्द्रित भएकाले बैंकको लागत घट्नुलाई सकारात्मक रुपमा हेर्नु पर्ने उनको भनाई छ ।

भट्टराईले मौद्रिक नीतिले सेयर बजारका सम्बन्धमा भनेका सबै व्याख्या भिडियोमा हेर्नुहोस् ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।