बीमा समिति प्राधिकरणमा रुपान्तरण हुने, तत्काल नयाँ सञ्चालक समिति गठन गर्ने प्रस्ताव

Jul 13, 2018 Merolagani

अर्थ मन्त्रालयले हालको बीमा समितिलाई प्राधिकरणमा रुपान्तरण गर्ने गरी बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा प्रस्तुत गरेको छ । यसको मस्यौदा तयार गर्ने क्रममा हालको सञ्चालक समितिलाई निरन्तरता दिएर अर्को पटकबाट नयाँ व्यवस्था कार्यान्वायन गरिने उल्लेख थियो । तर अर्थले अहिलेदेखि नै समितिका अध्यक्ष डा. चिरञ्जिवी चापागाईको पद नरहने गरी विधेयक प्रस्तुत गरिएको हो ।

बीमा समितिलाई प्राधिकरणमा रुपान्तरण गरी त्यसको नेतृत्व फरक शैलीबाट गरिने विधेयकमा उल्लेख छ ।

तर समितिका कर्मचारी स्वत: प्राधिकरणका कर्मचारीमा रुपान्तरण हुने विधेयकमा उल्लेख छ ।

यस अघि समितिका अध्यक्षको कार्यकालका सम्बन्धमा कति पटक अध्यक्ष हुन पाउने भन्ने व्यहोरा थिएन ।

तर अहिले प्राधिकरणमा एक व्यक्तिले २ पटकसम्म चार वर्षे कार्यकाल पुरा गर्न सक्ने प्रावधान राखिएको छ ।

साथै विधेयकमा प्राधिकरणका कर्मचारीको सेवा सुविधाका साथै संरचनाको प्रकार अर्थ मन्त्रालयले निर्धारण गर्ने व्यवस्था छ । अहिले समितिले नै उल्लेखित विषयको निक्र्यौल गरी कार्यान्वायन गराउँदै आएको छ ।

विधेयकमा सञ्चालक समिति नयाँ प्रकृयाबाट गठन हुने तथा कर्मचारीको सेवा सुविधाका साथै संरचनाको विकासमा अर्थको पुर्ण भूमिका रहने व्यवस्था गरेको विधेयकले बीमा समिति प्राधिकरणमा रुपान्तरण भए पछि प्राधिकरणको कोषमा सञ्चित हुने रकमको ५० प्रतिशत हिस्सा सरकारले लैजाने व्यवस्था गरेको छ । यस्तो रकम संघीय सञ्चिती कोषमा दाखिला गर्नु पर्ने व्यवस्था गरिएको छ ।

बिधेयकको पूर्ण केही बेरमा प्रकाशित हुनेछ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।