मिर्मिरे लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट नियुक्त

Aug 08, 2018 Merolagani

मिर्मिरे लघुवित्त वित्तीय संस्था (MMFDB) को शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट नियुक्त भएको छ। साउन २२ गते बुधबार बनेपामा आयोजित एक समारोह बीच एसबिआई मर्चेन्टका तर्फबाट प्रबन्ध संचालक रमेश घिमिरे र लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीश्वर देवकोटाले यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै मिर्मिरे लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायत शेयर रजिष्ट्रेशन सँग सम्बन्धित सम्पूर्ण कार्यहरु अब उप्रान्त नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले गर्ने भएको छ । 

उक्त कम्पनीको शेयर रजिष्ट्रार (RTS) सम्बन्धि सेवा प्रारम्भ हुने मिति सार्वजनिक सूचना मार्फत सर्वसाधरण शेयरधनीहरुलाई जानकारी गराईने उल्लेख गरिएको छ ।

 

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।