घलेम्दी हाईड्रोको शेयर व्यबस्थापनमा भिबोर क्यापिटल नियुक्त

Jan 29, 2019 Merolagani

घलेम्दी हाइड्रो लिमिटेड (GHL) को शेयर ब्यबस्थापनमा भिबोर क्यापिटल लिमिटेड नियुक्त भएको छ। घलेम्दी हाइड्रो लिमिटेडका तर्फबाट सञ्चालक नारायण बाबु अधिकारी र भिबोर क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ तिमिल्सिनाले सो सम्बन्धी सहमतीपत्रमा हस्ताक्षर गरेका हुन्।

घलेम्दी हाइड्रोले हालसालै १५ लाख ३३ हजार ७७० कित्ता सर्वसाधारण शेयर आईपिओ निष्काशन गरी माघ १ गते बाँडफाँड गरेको थियो ।

सहमतीसँगै उक्तकम्पनीको साधारण शेयर सुचिकरण भएपश्चात धितोपत्र केन्द्रीय निक्षप सेवा नियमावली, २०६७ को नियम २४ (७) बमोजिम शेयर सोझै हितग्राही खातामा जम्मा हुने कम्पनीले बताएको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।